शनिबार, बैशाख ८, २०८१

सम्पादक कार्कीलाई दिईएको धम्कीप्रति महासंघको ध्यानाकर्षण

काठमाडौ पुस १६ नेपाल पत्रकार महासंघले तीव्रखबर डटकम’ अनलाइनमा प्रकाशित समाचारलाई लिएर सो अनलाइनका सम्पादकलाइ दिईएको धम्की घटना प्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ । महासंघका महासचिव रमेश विष्टले आज एक प्रेस विज्ञप्ति जारी गरी चौधरी ग्रुपका बारेमा समाचार लेखिएको भन्दै विभिन्न टेलिफोन नम्बरबाट समाचार नलेख्न धम्क्याएको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

अनलाइनका कार्यकारी सम्पादक रोशन कार्कीका अनुसार चौधरी ग्रुपले नेपाल सरकारलाई बुझाउनु पर्ने कर र नक्कली भ्याट बिलका सम्बन्धमा समाचार प्रकाशित भएपछि टेलिफोनबाट चौधरी ग्रुपले कर नतिर्दा तेरो के जान्छ, तुरुन्त चौधरी ग्रुपको विरुद्ध समाचार लेख्न बन्द गर्, नत्र भौतिक कारबाही गर्न पछि नपर्ने’ भनी धम्की आएको –विज्ञप्तिमा उल्लेख गरिएको छ ।  प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई सम्मान गर्न र घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न समेत महासंघले सम्बन्धित निकायसँग माग गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।