बुधबार, बैशाख २६, २०८१

चौधरी प्रकरणमा सवोच्च्ले भन्यो- अदालती प्रक्रियालाई छलेर कानुनले प्रदान गरेको सुविधा उपभोग गर्न पाँउदैन

काठमाडौ पुस ९,  कैलाली क्षेत्र नम्बर १ मा राजपाबाट बाट प्रतिनिधिसभा सदस्यमा विजयी रेशम चौधरीको सांसद बन्ने बाटो रोकिएको छ ।
टीकापुर घटनाका मुख्य अभियुक्त भनिएका चौधरी फरार रहेकै अवस्थामा कैलाली १ बाट प्रतिनिधिसभा सदस्यको चुनाव जितेका थिए । सर्वोच्च प्रशासनले  चौधरी निर्वाचित भएको प्रमाणपत्र वारेसमार्फत पाउनु पर्ने माग गर्दै सर्वोच्च पुगेका चौधरीको रिट निवेदन  दरपीठ    गरेपछि परेको निवेदनमा न्यायाधीश टंकबहादुर मोक्तानको इजलासले रजिष्टारको आदेश कानुनसम्वत भएको फैसला सुनाएसंगै चौधरीको सांसद बन्ने बाटो रोकिएको हो ।

साथै सवोच्चले आफ्नो आदेशमा  विसं २०७२ भदौ २७ मा थरुहट आन्दोलनका क्रममा कैलालीको टीकापुरमा नेपाल प्रहरीका एसएसपीसहित सात सुरक्षाकर्मी र एक बालकको ज्यान जाने गरि भएको  कर्तव्य ज्यान मुद्धाको अभियोग लागेका चौधरीले अदालतबाट जारी भएको वारेन्ट तथा म्यादी पूर्जी अवज्ञा गरेको  र फरार अभियुक्तलाई जुन सुकैबेला पक्राउ गरेर अदालतमा दाखिल गर्नुपर्ने प्रवधान समेत स्मरण सहित अदालती प्रक्रियालाई छलेर कसैले पनि संविधान एवं प्रचलित कानुनले प्रदान गरेको सुविधा उपभोग गर्न पाउनुपर्छ भन्नु कदाचित नमिल्ने  उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2017
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930