बिहिबार, बैशाख २०, २०८१

कोभिड संक्रमितको संख्या ४० हजार नाघ्यो ,१२७ को ICU र १७ जनाको भेन्टिलेटरमा उपचार हुँदै

संक्रमणका कारण मृत्यु हुनेको सख्या २३९ पुग्यो

काठमाडौ भाद्र १६ ,
देशभरका विभिन्न प्रयोगशालामा १२ हजार ८८ जनामा पिसिआर परीक्षणको क्रममा ७२५ पुरुष र ३४४ महिला गरि १ हजार ६९ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ,

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबारको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले आज पुष्टि भएको संक्रमित संगै नेपालमा संक्रमितको संख्या ४० हजार ५२९ जना पुगेको जनाएको छ ।  मंगलवार पहिचान भएका संक्रमिच मध्ये काठमाडौंका ३९३, ललितपुरका ५८ र भक्तपुरका ३० सहित ४८१ जना रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै ७ हजार ३९० जना सक्रमित क्वारेन्टाइनमा रहको छ भने १८ हजार ११२ जना संक्रिय संक्रमित मध्ये होम आइसोलेसनमा बस्नेको संख्या ७ हजार २८० जना रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै १२७ जना आईसियू र १७ जनाको भेन्टिलेटरमा उपचार भैरहेका जनाउनुको अलावा संक्रमणबाट आज थप ११ जनाको मृत्यु भएको  छ । मृत्यु हुनेमा  महोत्तरीका ४ वर्षीया बालिका महोत्तरीकै ३७ वर्षीय, सिराहा ६५ वर्षीय, पर्साका तीन जना ५३, ६० र ८० वर्षीय, बारा ६० वर्षीय, चितवनको ५२, काठमाडौको ७० र ३५ वर्षीय र मकवानपुरको ५८ वर्षीय पुरुष  रहेका  छन ।   योसंगै मृत्यु हुनेको २३९ पुगेको जनाएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।