शुक्रबार, चैत्र १६, २०८०

उपत्यकामा थप ४८१ जना नयाँ संक्रमित थपियो

काठमाडौ भाद्र १६ ,
देशभरका विभिन्न प्रयोगशालामा १२ हजार ८८ जनामा पिसिआर परीक्षणको क्रममा ७२५ पुरुष र ३४४ महिला गरि १ हजार ६९ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएसंगै नेपालमा संक्रमितको संख्या ४० हजार ५२९ जना पुगेको छ ।

त्यस्तै मंगलवार पहिचान भएका संक्रमिच मध्ये काठमाडौंका ३९३, ललितपुरका ५८ र भक्तपुरका ३० सहित ४८१ जना रहेको मन्त्रालयले जनाएको छ । सोमवारको तुलनामा उपत्यकामा संक्रमितको सख्या रफ्तारमा बढेको अवस्था छ । सोमबार काठमाडौंका १९०, ललितपुरका ६७ र भक्तपुरका ४१ जनासहित २९८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो

साथै पछिल्लो २४ घण्टामा ७६८ जना कोभिड मुक्त भई डिस्चार्जभएसंगै डिस्चार्ज हुनेको संख्या २२ हजार १ सय ७८ पुगेको छ । त्यस्तै १२७ जना आईसियू र १७ जनाको भेन्टिलेटरमा उपचार भैरहेका जनाउनुको अलावा संक्रमणबाट आज थप ११ जनाको मृत्यु भएको योसंगै मृत्यु हुनेको सख्या २३९ पुगेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।