बिहिबार, बैशाख १३, २०८१

उपत्यकामा कोभिड संक्रमणको भयावह रोक्न प्रशासनले जारी निषेधाज्ञामा थप कडाइ गर्ने

काठमाडौं भाद्र १६ ,
काठमाडौं उपत्यकामा बढ्दो कोभिड संक्रमितसंगै जारी दोस्रो चरणको निषेधाज्ञा बुधवार मध्यरातबाट सकिदैछ । जारी निषेधाज्ञाका वीचपनि उपत्यकामा संक्रमितको संख्या दिनानुदिन बढ्दो रहेको छ ।

त्यसअर्थमा जारी आदेश त्यतिकै समाप्त गर्दा यसवीचमा हुने भिडभाडका कारण थप संक्रमण बढने संभावनालाइ दृष्टिगत गर्दै जारी निषेधाज्ञाको स्वरुपबारे साझा धारणा बनाउने प्रयास अनुरुप काठमाडौंँ ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयसहित विभिन्न क्षेत्रका विज्ञ, जनप्रतिनिधि तथा सरोकारवाला निकायसँग छलफल शुरु गरेको छ । यसअघि ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच भएको भर्चुअल बैठकपछि सम्वद्ध , सबै सरोकारवालासँग निषेधाज्ञाको स्वरुपबारे छलफल सहितको , साझा धारणा माग गरिएको हो । साथै प्रस्तुत छलफलसंगै प्राप्त सुझावका आधारमा प्रशासनले निषेधाज्ञाको स्वरुपबारे आवश्यक निर्णय लिने बताईएको छ ।

यसैवीच प्राप्त जानकारी अनुसार छलफलमा सहभागी अधिकारीहरुका अनुसार स्वास्थ्य मापदण्ड प्रयोग गर्ने र उपत्यका प्रवेश गर्ने नाकामा कडा नियन्त्रण गर्न सकिने हो भने जारी निषेधाज्ञामा सहजीकरण गर्न सकिने होइन भने थप कडाइ गर्दै अगाडी बढ्नुको विकल्प नभएको अभिमत प्रस्तुत भएको थाहा भएको छ ।

यद्यपी प्रशासनले विभिन्न नगरपालिका फोरम लगायतका निकायबाट  प्राप्त आग्रह अनुरुप विद्यमान दिनानुदिन बढ्दो संक्रमणको अवस्था र  औचित्यलाइ दृष्टिगत गर्दै उपत्यकामा कोभिडको भयावह स्थिती सिर्जना हुन नदिन थप कडाइ सहितको आदेश समेत जारी गर्न सकिने संभावना समेतलाइ नकार्न नसकिने बताईएको   छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।