बुधबार, बैशाख १९, २०८१

स्वास्थ्य मापदण्डको वर्खिलाप सञ्चालन गरिएका दुइ दर्जन भन्दा बढि सार्वजनिक सवारी कारवाहीमा

काठमाडौं साउन ३,

कोभिड–१९ को जोखिमका समयमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा स्वास्थ्य मापदण्ड नअपनाई सञ्चालन भएका दुइ दर्जन भन्दा बढि सार्वजनिक सवारीलाई कारवाही गरेको छ ।

महाशाखाका अनुसार कोभिड–१९ को सङ्क्रमण जोखिम कायमै रहेका बेला तोकेको स्वास्थ्य मापदण्ड पूरा नगरी सञ्चालनमा आएका सार्वजनिक यातायातको विशेष जाँच अभियान सहित यस किसिमको कारवाही गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले बताए ।

सरकारले सवारीको हकमा किएको भाडादरको ५० प्रतिशत बढी भाडा लिन पाउने व्यवस्था सहित सार्वजनिक यातायातमा चढ्ने सबै यात्रुले मास्क लगाउनुपर्ने, स्यानिटाइजर प्रयोग गर्नुपर्ने, चालकले पञ्जासहित मास्क पनि लगाउनुपर्ने, सिटको एक लहरमा एक जना मात्रै यात्रु राख्नुपर्ने स्वास्थ्य मापदण्ड तोकेको छ । त्यस्तै प्रस्तुत मापदण्ड कार्यान्वयनका लागि महाशाखाले ४४ वटै ट्राफिक कार्यालयबाट विशेष टोली परिचालन गरिएको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु