बिहिबार, चैत्र १५, २०८०

पुष्पलाल स्मृति दिवसको अवसरमा रक्तदान

भक्तपुर साउन ३ /रामचन्द्र प्रजापति ,

४२ औं पुष्पलाल स्मृतिको अवसरमा पुष्पलाल स्मृति प्रतिष्ठान जिल्ला समिति भक्तपुरले आज खुल्ला रक्तदान कार्यक्रमको आयोजनामा गरेका छन । पुष्पलाल प्रतिष्ठान भक्तपुर नगर समितिको व्यवस्थापनमा भक्तपुर नगरपालिका वडा नं ३ बंशगोपालमा कोभिड १९ को महामारीमा र बाढी पहिरोका कारण सिर्जित रक्तअभावको अवस्थालाइ दृष्टिगत गर्दै आयोजित रक्तदान कार्यक्रममा महिला पुरुष समेत गरि ७१ जना रक्तदाताले रक्तदान गर्नुभएको थियो ।

कार्यक्रमको औपचारिक सत्रमा नेकपाका केन्द्रीय सदस्य ठाकुर गैरेले नेता प्रधान होइन नीति प्रधान वकालत गर्ने पुष्पलालको स्मरण गर्दै पुष्पलालको राजनीतिक योगदानका बारे चर्चा गर्नु भएको थियो ।

त्यस्तै कार्यक्रममा पुष्पलाल स्मृति प्रतिष्ठान जिल्ला कमिटी भक्तपुरका अध्यक्ष ध्रुवराज विष्ट,भक्तपुर नगरका नारायण भक्त वाटी,सानू सुवाल,ओम चरण अमात्य,महेन्द्र गोपाल कर्माचार्य ,बाल मुकुन्द सुवाल,रामगोपाल चगुठी,रविन्सन प्रजापति लगायतको सहभागीता रहेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।