- भिम बहादुर बिक
कैलाली जेठ १६ , रुकुम–जाजरकोट काण्डको विरोधमा नेकपा [माओवादी केन्द्र] सुदूरपश्चिम प्रदेशले कैलालीमा लकडाउनको बीचमा सामाजिक दुरी कायम गर्दै विरोध कार्यक्रम गरेको छ । रुकुम घटनामा मृतकहरु प्रति श्रद्धाञ्जली सहित घटनाको सत्य, तथ्य जानकारी सार्वजनिक गरि दोषीलाई हदैसम्मको कारबाहीको माग सहित माओवादी केन्द्रले आज कैलालीको बौनियामा विरोध कार्यक्रम गरेको हो ।
माओवादी केन्द्रका करिब एक दर्जन बढी जिम्मेवार नेताहरु मात्र सहभागि भएको उक्त विरोध कार्यक्रम आज दिउँसो बौनियास्थित स्कुल अगाडीबाट र्यालीसहित अघि बढेको थियो । विरोध र्याली बौनिया चोकमा पुगेर कोणसभामा बदलिएको थियो । कोणसभामा बोल्दै नेकपा [माओवादी केन्द्र]का पोलिटव्यूरो तथा सुदूरपश्चिम प्रदेश संयोजक लोकेशले उक्त घटनाले माओवादी जनयुद्धले विकास गरेको वर्ग संघर्षबाट प्राप्त गणतन्त्र र संविधानको गम्भीर अपमान दर्साएको बताए ।
माओवादी केन्द्र निकटको प्रेस सेन्टर नेपालका अध्यक्ष समेत रहेका उनले वर्तमान सरकारले जनयुद्धको गम्भीर अपमान गर्दै मुलुकमा छुवाछुत, विभेद जस्तो पुरातनवादी मान्यतालाई संरक्षण गरेकै कारण घटनाको वास्तविकता अहिलेसम्म गुमनाम बनाइएको आरोप लगाए ।
उनले मुलुकमा अहिलेसम्म पनि वर्गिय तथा जातीय विभेदका समस्याहरु विकराल बन्दै गएको प्रति खेद प्रकट गर्दै उक्त घटनाको यथार्थ अनुसन्धान गरी दोषी देखिने सबैलाई कडा सजायको माग समेत गरे । उनले लकडाउनको पर्दाभित्र स्थानीय प्रशासन, प्रहरी, जनप्रतिनिधि लगायतको मिलेमतोमा सामाजिक अपराधीहरुलाई जोगाउने खालका गतिविधिहरु पछिल्लो समय बढ्दै गएको भन्द्र त्यसमा ध्यान दिन सरकारलाई अनुरोध समेत गरे ।
उनले ओली सरकारले मुलुकको नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको विषय केबल लोकप्रियताको माध्यम नबनोस भन्दै नेपाली भूमि फिर्ताको लागि व्यवहारीक अभ्यास गर्न अनुरोध गरे । उनले नक्सा ल्याएसँगै ओली सरकारले राष्ट्रघाती एमसीसी ल्याउने हर्कत बढाउनुले उसको वास्तविकता छर्लङ्ग भएको बताए ।
त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा [माओवादी केन्द्र] का उपाध्यक्ष तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज रंगनाथ ढकालले उक्त घटनाको विषयमा वर्तमान सरकार र रुकुम जाजरकोटका नेताहरु किन मौन रहेको भन्दै डबल नेकपा र अन्य संसदीय पार्टीहरुको भ्रामक राजनीतिकको चर्को आलोचना गरे ।
उनले २१ औं सताब्दीमा समेत समाजमा छुवाछुत जस्तो कुप्रथा कायम रहनु र अन्तरजातिय विवाहको विषयले यस्तो विकराल रुप लिनु अनौठो रहेको बताए । उनले घटनाका दोषीहरुलाई कडा सजायको माग गर्दै त्यसमा गम्भीर अनुसन्धान गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।
त्यसैगरी उनले ओली सरकारको राष्ट्रघात, जनघात पछिल्ला घटना क्रमले प्रष्ट्याएको भन्दै महान जनविद्रोहको कार्यक्रम मार्फत सामाजिक रुपान्तरणको बाँकी कार्यभार सम्पन्न गर्न आम नागरिकमा आह्वान समेत गरे । उनले कालापानीबाट भारतीय सेना हटाउन ओली सरकारलाई सुझाव दिदै राष्ट्रियता, जनतन्त्र, जनजीवीकाका तमाम समस्याहरुको समाधानमा सरकारलाई गम्भीर बन्न उनले सुझाव दिएका थिए ।
कार्यक्रमको सञ्चालनका क्रममा नेता रतनले दलित समुदायमाथिको विभेद अहिले सम्म नरोकिएको भन्दै सम्पूर्ण शोसित, उत्पीडित जनसमूदायलाई संघर्षको प्रकृयामा जोडिन अपिल गरे । उनले रुकुम घटनाको कडा विरोध गर्दै पुन त्यस्तो प्रकारको घटना नदोहोरिने गरि दोषीलाई हदैसम्मको कारबाही हुनुपर्ने माग समेत राखे । कार्यक्रममा प्रदेश सचिवालय सदस्य टिकाराम, हिरा देवकोटा, सुकुम्बासी संगठनका कैलाली अध्यक्ष रामभरोसे थारु, महिला नेतृ लक्ष्मी, प्रेस सेन्टर नेपालका सुदूरपश्चिम अध्यक्ष भिम बिक लगायतको सहभागिता रहेको थियो ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- काठमाडौँ उपत्यका सहित कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा हल्का वर्षा
- प्रधानमन्त्रीसँग जापानी विदेशमन्त्रीको शिष्टाचार भेट
- सत्ता साझेदारदल जसपा फुट्यो,नयाँ दल दर्ताका लागि आयोगमा आवेदन
- गण्डकी प्रदेश: सभामुखको असंवैधानिक निर्णय काँग्रेसद्वारा अस्वीकार
- कीर्तिपुर-रत्नपार्कको रुटको यात्रुबाहक बस दुर्घटनामा एकको मृत्यु
- ललितपुरको ईमाडोलमा आगलागी, घाइते पाँचमध्ये ३ जनाको अवस्था गम्भीर
- सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री
- जापानी परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आउँदै
- कांग्रेस र एमाले मिल्नुको विकल्प छैन : कांग्रेस नेता डा.कोइराला
- मधेसको आर्थिक एवं सामाजिक विकासका निम्ति प्रतिबद्ध छु : प्रधानमन्त्री
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान