शनिबार, बैशाख ८, २०८१

५२ जिल्लामा कोभिड संक्रमणको प्रभाव ,संक्रमितको संख्या १ हजार २ सय १२

काठमाडौं जेठ १६ , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको प्रेस विफ्रिङ्गमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले पछिल्लो २६ घण्टामा नेपालमा १ सय ७० थप जनामा कोरोना पुष्टि भएको जानकारी दिनु भएको छ । त्यस्तै प्रवक्ता डा देवकोटाले नेपालमा पछिल्लो संक्रमितको सख्या पुष्टिभएसंगै कोभिड संक्रमितको संख्या १ हजार २ सय १२ पुगेको छ ।

त्यस्तै संक्रमणकै कारण आज एक जनाले मृत्युवरण गरेका छन । यो संगै कोरोनाका कारण हालसम्म ज्यान गुमाउनेको सख्या ६ पुगेको छ भने उपचार पछि डिस्चार्ज हुनेको सख्या २०६ पुगेका छ । त्यस्तै कोभिड संक्रमितको प्रभावमा प्राप्त पछिल्लो जानकारी अनुसार मुलुकको ७७ जिल्लामध्ये ५२ जिल्लामा संक्रमणको प्रभाव देखा परेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।