बुधबार, बैशाख १९, २०८१

कोभिड संक्रमणलाइ पराजित गर्दै २०६ जना डिस्चार्ज, ६ जनाको संक्रमणकै कारण मृत्यु

काठमाडौं जेठ १६ , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको प्रेस विफ्रिङ्गमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या छ जना पुगेको औपचारिक रुपमा पुष्टि भएको बताउनुभएकोछ ।

प्रवक्ता देवकोटाका अनुसार आज संक्रमणका कारण मृत्यु वरण गर्नेमा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ९ अर्घाखाँचीका ३५ वर्षीय पुरुष रहेको जानकारी दिदै मृतकको गत जेठ १० गते मृत्यु भएको र निजका स्वाव परीक्षणको क्रमा कोरोना संक्रमण देखिएको प्रवक्ता विकास देवकोटाले जानकारी दिए । यो संगै कोरोनाका कारण हालसम्म ज्यान गुमाउनेको सख्या ६ पुगेको छ भने उपचार पछि डिस्चार्ज हुनेको सख्या २०६ पुगेका छ ।

त्यस्तै आजमात्रै १ सय ७० थप जनामा कोरोना पुष्टि भएको जानकारी दिदै उहाँँले मुलुकमा संक्रमितको सख्या १ हजार २ सय १२ पुगेको जानकारीदिनुहुँदै कुल संक्रमितहरु मध्ये उपचारपछि २०६ जना डिस्चार्ज भएको बताउनुभयो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु