बुधबार, बैशाख २६, २०८१

कोभिड संक्रमणबाट विश्वभर ७३ जना गैरआवासीय नेपालीको मृत्यु, ५ हजार बढि संक्रमित

काठमाडौं बैशाख २१ विश्वव्यवापी कोभिड महामारीको संक्रमणबाट विश्वभर ७३ जना गैरआवासीय नेपालीको मृत्यु भएको छ भने ५ हजारबढि संक्रमित रहेको एनआरएनए स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकमा उल्लेख गरिएको । एनआरएनए स्वास्थ्य समितिले शनिबार साँझसम्मको डेटामा बेलायतको ग्रेटर लण्डनमा २७, मिडल्याण्डमा ८, साउथ इष्टमा ११ र साउथ बेष्टमा ३ अमेरिकामा १५ संयुक्त अरब इमिरेट्स्मा ५ आयरल्याण्ड १ जापान १ टर्की १ र नेदरल्याण्ड्समा १ जनाको संक्रमणका कारण ज्यान गएको उल्लेख गरिएको छ । त्यस्तै विश्वभर पाँच हजार २४७ गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित रहेको संक्रमितमध्ये १ हजार ५७० जना संक्रमणमुक्त भएको जनाइएको छ ।

स्वास्थ्य समितिका अनुसार विभिन्न मध्यपूर्वका देशमा दुई हजार तीन सय, अमेरिकामा एक हजार पाँच सय, बेलायतमा एक हजार, बहराइनमा १२६, युएईमा एक सय, कुवेतमा ७८, नेपालमा ५९, साउदी अरबमा ३४, पोर्चुगलमा २६, आयरल्याण्डमा २२, स्पेनमा १२, अष्टे«लियामा १०, बेल्जियम र जापानमा ६–६, स्वीडरल्याण्ड र क्यानडामा पाँचपाँच, जर्मनीमा चार, साइप्रस, मलेसिया र न्युजिल्याण्डमा तीनतीन, माल्दिभ्स, माल्टा र हङ्गकङ्गमा दुईदुई तथा म्यानमा र फ्रान्समा एकएक गैरआवासीय नेपालीलाई कोरोना संक्रमण भएको उल्लेख गरिएको छ  ।

यसैबीच एनआरएनएका अध्यक्ष तथा एनआरएन, कोभिड– १९ उच्चस्तरीय समितिका संयोजक कुमार पन्तले सबै गैरआवासीय नेपालीलाई कोभिड महामारीविरुद्ध एकजुट भएर लड्न आग्रह गर्दै विभिन्न देशका सरकारी निकायले जारी गरेका स्वास्थ्य नियमलाई कडाइका साथ पालना गर्न आह्वान गर्नुभएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु