बुधबार, बैशाख १९, २०८१

सासंद अपहरणको मुद्दा दर्ता गर्न मानेन प्रहरीले, त्यसपछि कसले के भने ?

  देश गम्भीर संकटको दिशातर्फ जाँदैछ:डा. भट्टराई

काठमाडौ बैशाख १४,  नवगठित जनता समाजवादी पार्टीले तत्कालीन समाजवादी पार्टीका सांसद एवं पूर्व स्वास्थ्य राज्यमन्त्री डा। सुरेन्द्र यादवको अपहरणमा संग्लनलाई कार्वाहीको माग गर्दै किटानी जाहेरी सहितको मुद्धा दर्ता गर्न अलमल गरेको छ । उजुरी दर्ताका लागि महानगरीय प्रहरी परिसर टेकु पुगेका डा.बाबुराम भट्टराई, उपेन्द्र यादवलगायतका नेताहरुलाइ प्रहरीले क्षेत्राधिकारको प्रसंग निकाल्दै यहाँ प्रस्तुत मुद्धा दर्ता गर्न नमिल्ने मुद्धा दर्ताको लागि महोत्तरी जान सुझाएको नेताहरुले प्रतिक्रिया दिएका छन ।  डा यादवलाई सत्तारुढ दल नेकपाका सांसदहरु महेस बस्नेत, किसन श्रेष्ठ र पूर्व प्रहरीप्रमुख सर्वेन्द्र खनालले घरबाटै अपहरण गरी काठमाडौँ ल्याएको भन्दै उनीहरुविरुद्ध पार्टीले उजुरी दर्ता गर्न खोज्दा प्रहरी यस्तो अभिव्यक्ति दिएको नेताहरुले बताए ।

यसैवीच डा.भट्टराईले महानगरीय प्रहरी परिसर काठमाडौंले पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सांसदद्वय महेश वस्नेत र किसान श्रेष्ठविरूद्धको अपहरण तथा शरीर बन्धकसम्बन्धी जाहेरी लिन आनाकानी गरेको जनाउ सहितको ट्विट गर्दै उनले लेखेका छन्, ‘यत्रो देशविदेश तरंगित गराइरहेको सांसद अपहरणसम्बन्धी मुद्दा पीडित व्यक्तिले महानगरीय प्रहरी परिसर काठमाडौंमा समयभित्र विधिसम्मत ढंगले जाहेरी दिन लाग्दा दर्ता गर्न इन्कार गरिन्छ भने ओलीतन्त्रमा कानूनको शासन कायम हुन्छ र नागरिकको जीवनरक्षा हुन्छ भनेर कसरी विश्वास गर्ने भन्दै प्रश्न समेत गरका छन ।

त्यस्तै ८जना पूर्व प्रमरउप्रमरमन्त्री तथा ६जना वहालवाला सांसद र दर्जनौं पत्रकार सहित देशको राजधानीमै अपहरण जस्तो सरकारवादी मुद्दाको जाहेरी दिन जाँदा प्रहरीले ठाडै म लिन्न जानेको गर भन्न सक्छ भने दूरदराजका गाउँमा निर्धानिमुखा जनताले कस्तो न्याय पाउलान्रुमुद्दा ठीक वेठीक त पछि छुट्टिन्छ नि! भन्ने अभिव्यक्ति समेत दिएक छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2020
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031