मङ्लबार, बैशाख २५, २०८१

कोभिड- १९ संक्रमित बिरामीको उपचार गर्न निजी अस्पताललाई सर्वोच्च अदालतको आदेश

निजी अस्पतालले उपचार गर्न अस्वीकार गर्नुको कारण १५ दिनभित्र पेश गर्न आदेश

काठमाडौं चैत १८, सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले आज निजी अस्पताललाई पनि कोरोना संक्रमित बिरामीको उपचार गर्न आदेश दिएको छ ।

अधिवक्ता पुष्पराज पौडेलले दायर गरेको रिटमा सुनुवाइ गर्दै उहाँले कोभिड- १९ को जोखिमबाट जोगाउनका लागि स्वास्थोपचार उपलब्ध गराउने जिम्मेवारी निजी अस्पताल पन्छिन नमिल्ने बताउँदै आदेशमा निजी अस्पतालले उपचार गर्न अस्वीकार गर्नुको कारण १५ दिनभित्र पेश गर्न समेत आदेश जारी गरेको हो ।

त्यस्तै आदेशमा अदालतले निजी स्वास्थ्य संस्थामा उपलब्ध भए सम्मको शैय्या, आईसियु कक्ष, भ्यान्टिलेटर लगायत कोरोना भाईरसको उपचारको लागि आवश्यक पर्ने सेवा लिन आवश्यक व्यवस्था मिलाउन निर्देशन समेत दिदै  विद्यमान कोभिड- १९ को महामारीलाई नियन्त्रण गरी जनताको जीवन र स्वास्थ्य सुरक्षाको लागि राज्य संयन्त्रको अधिकतम प्रयोग गर्न अदालतले संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारको समेत ध्यानाकर्षण गराएको प्राप्त समाचारमा उल्लेख गरिएके छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2020
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829