बुधबार, बैशाख १९, २०८१

उच्च अदालतले माग्यो जिल्ला अदालतसँग महराको कैफियत प्रतिवेदन

काठमाडौं मंसिर ६, संसद् सचिवालयका एक महिला कर्मचारी माथिको   बलात्कार प्रकरणको जबर्जस्ती करणी उद्योगमा अभियोग पुर्पक्षका लाथि थुनामा रहेका संघीय संसदको तत्कालीन सभामुख कृष्णबहादुर महराले काठमाडौ जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा गरेको निवेदन अपिल माथि सुनवाइ गर्दै जिल्ला अदालतसँग महराको कैफियत प्रतिवेदन माग गरेको छ ।

उच्च अदालत पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालतको आदेशविरुद्ध महराले दिएको निवेदनमा सुनुवाइ गर्दै कैफियत प्रतिवेदन माग गरेको हो ।

जिल्ला अदालतले कैफियत प्रतिवेदन पठाएपछि अर्को सुनुवाइ हुने अदालतजनाएको छ । सुनुवाइपछि उच्च अदालतले महरालाई पुर्पक्षका लागि थुनामै राख्ने, धरौटी लिएर तारेखमा छाड्ने वा साधारण तारेखमा छाड्नेमध्ये एक आदेश दिने कानुन विज्ञहरुले जनाएको छ ।

महराले निवेदन अपिलमा आफु विरुद्ध जिल्ला अदालतको आदेश नियोजित र गैरकानूनी भएकाले साधारण तारेखमा रही पुर्पक्ष गरिपाऊँ भन्ने उल्लेख गरिएको छ ।  त्यस्तै निवेदन अपिलमा अनुसन्धान हुने गरी थुना बाहिरै रहन पाउने माग निवेदनमा गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ । 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2019
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031