आइतवार, बैशाख २३, २०८१

आयोगद्दारा निर्वाचन आचारसंहिता प्रभावकारी कार्यान्वयनका लागि निर्देशन जारी

 काठमाडौ मंसिर १, निर्वाचन आयोगले मङ्सिर १४ गते हुने  उपनिर्वाचन लक्षित हुँदै उपनिर्वाचन हुने प्रतिनिधिसभा, प्रदेससभा सदस्य र स्थानीय तह अन्र्तगत कास्की, भक्तपुर, बाग्लुङ र दाङ जिल्ला र तत् स्थानीय तहमा कात्तिक ८ गतेदेखि जारी भएको निर्वाचन आचारसंहिता प्रभावकारी कार्यान्वयनका लागि निर्देशन जारी गरेको छ ।

निर्वाचन आचारसंहिता लागू भएका जिल्ला र स्थानीय तहमा चालू आर्थिक वर्ष २०७६/७७ को बजेट तथा कार्यक्रममा समावेश भएको स्थानीय पूर्वाधार विकास साझेदारीलगायतका कार्यक्रममार्फत योजना छनोट र बजेट बाँडफाँट जस्ता कामकारावहीलाइ तिव्रता दिदै मतदातालाइ प्रभावित पार्ने काम कारवाही भइरहेको भन्ने जानकारी प्राप्त भएसंगै आयोगले यसकिसिमको काम कारवाही निर्वाचन आचार सहिंता विपरीत हुने भएकाले तत्काल यी यस्ताकामकारवाही बन्द गर्न जारी निर्देशनमा भनेको छ।

त्यस्तै आयोगद्वारा जारी प्रेस विज्ञप्तिमा “वार्षिक बजेट तथा कार्यक्रममा समावेश भएका बाहेक नयाँ नीति, योजना तथा कार्यक्रमको घोषणा गर्न, स्वीकृत गर्न, सञ्चालन गर्न र सो प्रयोजनका लागि जनशक्ति तथा स्रोत साधनको परिचालन, शिलान्यास, उद्घाटन, सर्वेक्षण गर्न, अध्ययन वा सोका लागि अनुमति दिने कार्य निर्वाचन आचार संहिताविपरीत हुन्छ भन्दै निष्पक्ष निर्वाचनका लागि नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, सार्वजनिक संस्था, राजनीतिक दल, सम्बन्धित व्यक्ति, उम्मेदवार, आम सञ्चारमाध्यम, निजी तथा गैरसरकारी संस्था तथा पर्यवेक्षक र उपनिर्वाचन हुने स्थानका कर्मचारीले निर्वाचन आचार संहिताको पालना गर्नु र गराउनु कर्तव्य हुनेछ भनिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।