शुक्रबार, बैशाख ७, २०८१

नेविसङ्घको प्रदर्शनमा प्रहरी हस्तक्षेप

काठमाडौं मंसिर १, भारतले नेपाली भूभाग लिपुलेक, कालापानी, लिम्पियाधुरा लगायतका  क्षेत्र भारतीय नक्सामा गाभिएको विरोधमा नेपाल विद्यार्थी सङ्घले राजधानीको लौनचौरस्थित भारतीय दुतावास नजिक  गरेको  प्रदर्शनमा प्रहरी हस्तक्षेप भएको छ ।

प्रहरीको हस्तक्षेपको क्रममा प्रदर्शनमा रहेका विद्यार्थी नेता कृष्ण पुडासैनीको टाउकोमा ७ टाँका लगाइएको सङ्घका पूर्वमहामन्त्री कुन्दनराज काफ्लेले जानकारी दिएका छन । त्यस्तै पक्राउ पर्ने विद्यार्थीमा नवराज त्रिपाठी, मनिस सिंखडा, दीपक ओझा, सरोज थापा, सन्तोष पाण्डे, दीपेश ओली रहेका उहाँले बताउनुभयो ।

पक्राउ परेकालाई तत्काल रिहा नगरे प्रहरी प्रशासन विरुद्ध सशक्त आन्दोलन गर्ने चेतावनी दिदै संघले भारतीय विस्तारवाद विरुद्धको आन्दोलन जारी रहने र राष्ट्रियताका सवालमा नेविसङ्घले कसैसँग कहिल्यै सम्झौता नगर्ने बताउनुभएको प्राप्त समाचारम उल्लेख गरिएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2019
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031