आइतवार, बैशाख २३, २०८१

तराई/मधेश द्रुतमार्ग निर्माण समयसीमा भित्र पूरा गर्ने नेपाली सेनाको प्रतिबद्धता

 काठमाडौं भाद्र ११,  नेपाली सेनाले राष्ट्रिय गौरवको आयोजना अन्र्तगत रहेको काठमाडौं तराईरमधेश द्रुतमार्ग निर्माणको जिम्मेवारी समयसीमाभित्र पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

नेपाली सेनाले आज सैनिक मुख्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजनाको प्रगतिबारे जानकारी दिदै अयोजना कार्यान्वयनका लागि कुनै बाधा व्यवधान नरहेको निर्धारित समयसिमा भित्रै आयोजनाले पूर्णता पाउँने बताएको छ ।

त्यस्तै पत्रकार सम्मेलनमा नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले कोरियाको सुसुङ इञ्जिनीयरिङ एवं कन्सल्टिङ कम्पनीले तयार गरेको डिपिआरलाई सरोकारवाला मन्त्रालयसँगको परामर्शमा संशोधनसहित गत भाद्र १ मा बसेको मन्त्रिपरिषद्ले स्वीकृत गरेको जानकारी दिदै प्रस्तावित द्रुतमार्गको अनुमानित निर्माण लागत रु १ खर्ब ७५ अर्ब १९ करोड ३५ लाख ७९ हजार रहेको जानकारी दिएको छ ।

कूल लम्बाइ ७२ दशमलव ५ किमिको दुरी रहेको द्रुतमार्ग निर्माणभएसंगै काठमाडौंबाट निजगढ एक घण्टाको समयसिमामानै तय गर्न सकिने बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।