शुक्रबार, चैत्र १६, २०८०

राप्रपा (संयुक्त)को उप निर्वाचन लक्षित निर्वाचन समिति गठन

काठमाडौ भाद्र ११ ,  राप्रपा (संयुक्त) ले आसन्न मंसिर १४ गते हुने उपनिर्वाचन लक्षित गर्दै निर्वाचन परिचालन समिति गठन गरेको छ ।
राप्रपा संयुक्तका नेता धु्रवबहादुर प्रधानको संयोजकत्वमा गठित ९ सदस्यीय समितिमा ठाकुरप्रसाद शर्मा, श्याम तिमिल्सिना, भरतजङ्ग उप्रेती, बाबुराम बस्नेत, भरत पाठक, रामशरण पाठक ,झनक प्याकुरेल र मीना शाहीलाई सदस्य रहेको जनाएको छ ।

त्यस्तै समितिलाइ सङ्घीय, प्रदेश र स्थानीय तहका उपनिर्वाचनका लागि आवश्यक तयारीका साथै रणनीतिक कार्ययोजना तयार गर्न कार्यादेश दिईएको छ ।

त्यस्तै राप्रपाले सयुक्तले केन्द्रीय कार्य सम्पादन समिति सदस्य ध्रुव रायमाझीको संयोजकत्वमा १३ सदस्यीय प्रजातान्त्रिक किसान सङ्गठन (संयुक्त) समेत गठन गरिएको जानकारी दिदै जिल्ला स्तरिय प्रशिक्षण कार्यक्रम समेत स१चालन गर्ने तयारी गरेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।