बिहिबार, बैशाख २०, २०८१

ब्लोडानको भक्तपुर अध्यक्षमा शिवकुमार

भक्तपुर भाद्र ९ /राम चन्द्र प्रजापति ,  ब्लड डोनर्स एशोसियसन नेपाल भक्तपुर शाखाको नवौं साधारणसभा तथा चौथौं अधिवेशनले शिवकुमार त्वाय्नाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित चयन गरेको छ ।  समितिको उपाध्यक्ष सचिव सहसचिव र कोषाध्यक्षमा क्रमस मा निर्मला सुवाल, रुकेश रञ्जित, सह—सचिव सोमप्रसाद प्रधान र सिर्जना सुवाल रहनु भएको छ । त्यसैगरी सदस्यहरुमा पशुपतिनाथ थकू, नरेश बासुकला, सुरोज रंजित, राजन सुवाल, सुरोज मिश्र र तुल्सीनारायण दन्डेख्याःरहनु भएको छ

यसअघि अधिवेशनको उद्घाटनसमा वोल्दै नेपाल ब्लड डोनर्स एशोसियसनका केन्द्रीय अध्यक्ष सानुबाबु प्रजापतिले २०२३ सालमा स्थापित रेडक्रमको अभिन्न अंगको रुपमा रहदै ब्लड डोनर्स एशोसियसनले काम गर्दै आएको बताउँदै संस्था महासंघमा रुपमान्तरण भएयता थप क्रियाशील रहेका बताउँु भएके छ ।

त्यस्तै कार्यक्रमा ब्लड डोनर्स एशोसियसन नेपाल भक्तपुर जिल्ला शाखाका कावा अध्यक्ष अध्यक्ष रामचन्द्र प्रजापतिले सभापतिको आशनबाट आफूले स्थापना काल देखि हालसम्म दश वर्ष यो संस्थामा काम गर्दा अरु संस्था भन्दा अलग्ग संस्थाको अनुभुति गरेको बताउँदै संस्थाको लागि व्यक्तिगत रुपमा १० हजार नगद सहयोगको घोषणा गर्नु भएको छ । कार्यक्रममा ब्लड डोनर्स एशोसियसनका केन्द्रीय सचिव उज्ज्वल केसी र शिवहरि केसीले पनि शुभकामना व्यक्त गर्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।