शुक्रबार, चैत्र १६, २०८०

अवको ३ दिन देशको धेरैजसो स्थानमा हावाहुरी र चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना

काठमाडौं भाद्र ९ , पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज देशभर आंसिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा हल्का तथा मध्यम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

त्यस्तै विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ सरेकाले अवको ३ दिन देशको धेरैजसो स्थानमा मेघगर्जन, हावाहुरी र चट्टयाङ्गसहित हल्कादेखि भारी वर्षाको सम्भावना रहेको रहेको जनाएको छ ।

साथै महाशखाले आज राति देशभर सामान्य बदली रही केही स्थानमा हावाहुरी चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहनुको अलावा मङ्गलबार देशभर आंसिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन सहितको वर्षाको संभावना रहेको जनाएको छ । साथै बुधबार पनि देशभर आंसिकदेखि सामान्य बदली रही धेरैजसो स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।