बुधबार, बैशाख १९, २०८१

एनसेल लाभकर छली विवादको फैसला भाद्र ५ मा

काठमाडौ साउन ३१,  निजी क्षेत्रको दूरसञ्चार प्रदायक कम्पनी एनसेलको लाभकर छली विवादको फैसला आगामी भदौ ५ गते हुने भएको छ । न्यायाधीशहरु तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, डम्बरबहादुर शाही, सुष्मातला माथेमा र मनोजकुमार शर्माको बृहत् पूर्ण इजलासले फैसला लेखनको काम नसकिएका कारण विहिवार हुने भनिएको फैसलाको कार्य भाद्र ५ सम्मका लागि स्थगन गरिएको हो ।

यसअघि गत माघ २३ गते प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहित न्यायाधीश मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई र टङ्कबहादुर मोक्तानको बृहत पूर्ण इजलासले एनसेलले लाभकर तिर्नुपर्ने फैसला गर्दै कर नतिरेसम्म कसैलाई पनि लाभांश वितरण र सेयर बिक्री अनुमति नदिन परमादेश जारी गरेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु