शुक्रबार, बैशाख ७, २०८१

पत्रकारआत्महत्या प्रकरण : टेलिभिजन कार्यक्रम सञ्चालक लामिछानेसहित ३ जना पक्राउ

काठमाडौं साउन ३०,  पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा प्रहरीले न्युज २४ टेलिभिजनको ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका सञ्चालक रवि लामिछाने सहित ३ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौं र जिप्रका चितवनको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

। प्रस्तुत प्रकरणमा पक्राउ गरिएका पर्नेमा अन्य दुइ जना क्रमस युवराज कँडेल र ओखलढुङ्गाकी अस्मिता कार्की रहेको प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिनु भएको छ ।

त्यस्तै पक्राउ गरिएको ३ जनालाई आजै चितवन पठाइएको पोखरेलले जानकारी दिदै आत्महत्या गर्नुअघि पत्रकार पुडासैनीले उनीहरुको नाम लिएर आफूलाई यो अवस्थामा पु-याउन बाध्य बनाएको भन्दै रेकर्ड गरिएको भिडियोमा आधारमा अनुसन्धानका लागि डिजिटल परीक्षण पश्चात पक्राउ गरिएको बताएका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु