बिहिबार, बैशाख २०, २०८१

भारी वर्षाको संभावना,आवश्यक सतर्कता अपनाउन आग्रह

काठमाडौं भाद्र २६ ,

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्युन चापीय रेखा औसत भन्दा माथि र नेपाल भन्दा दक्षिण तर्फ रहेका कारण देशभर सामान्यदेखि पुर्ण बदली भई केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र गण्डकी प्रदेशका एक /दुई स्थानमा भारी वर्षा भईरहेको महाशाखाले जनाएको छ । त्यस्तै महाशाखाले प्रदेश १ , प्रदेश २, बागमती प्रदेश , गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन समेत अनुरोध सहित आगामी ३ दिनको मौसम पूर्वानुमान निम्नानुसार रहने जनाएको छ ।

यस्तो छ आगामी ३ दिने मौसम पूर्वानुमान :

भाद्र २६ गते[शुक्रबार]  दिउँसो : देशभर सामान्यतया देखि पुर्ण बदली रही केही स्थानहरूमा मेघगर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ , प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । राती : देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

भाद्र २७ गते [शनिबार] दिउँसो : देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ , बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । राती : देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ , प्रदेश २, बागमती प्रदेश र प्रदेश ४ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

भाद्र २८ गते [आईतबार] दिउँसो : देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राती : देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ , प्रदेश २, बागमती प्रदेश र प्रदेश ४ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2020
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031