बुधबार, बैशाख ५, २०८१

सत्तारुढ दल नेकपाको स्थायी कमिटीको बैठक आज बस्दै

काठमाडौं भाद्र २६ ,
गत साउन १३ गतेदेखि यो वा त्यो नाममा स्थगन हुँदै आएको सत्तारुढ दल नेकपाको स्थायी कमिटीको बैठक आज बस्दैछ।

आजको बैठकमा मुलत बढ्दो कोभिड–१९ को नियन्त्रणलाई थप प्रभावकारी बनाउने उपायका साथै पार्टी एकताको महत्वलाइ आत्मसात् गर्ने, पार्टीमा पद्धति र संस्थागत प्रणालीलाई सबल तुल्याउने, अध्यक्षद्वयको कार्यविभाजन तथा कार्याधिकार स्पष्ट गर्ने, पार्टी एकताका बाँकी काम संगै एकताको राष्ट्रिय महाधिवेशन आयोजना गर्ने, सरकारको काम, संसदीय दलको भूमिका, प्रदेश सरकार र स्थानीय तहको भूमिका प्रभावकारी बनाउने लगायतका प्रस्तावमा छलफल हुने कार्ययोजना रहेको बताइएको छ ।

त्यसतै बैठकका लागि तयार पारिएको प्रस्ताव पार्टीका अध्यक्षद्वय केपी ओली र प्रचण्डको अध्ययनका लागि तयार पारिएको स्थायी कमिटीका सदस्यहरूलाई समेत पठाइसकिएको र उक्त प्रस्ताव उपर आवश्यक अध्यनसंगै आफ्नो सुझाव लिखित वा मौखिक रूपमा सम्वद्ध सवले प्रस्तुत गरिने सम्वद्ध स्रोतले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2020
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031