शुक्रबार, बैशाख १४, २०८१

कृषि विकास बैंकका कर्मचारी दीपिका रेग्मीसहित ८ जनाविरुद्ध मुद्धा दायर

काठमाडौ २९ पुस,   अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजधानीको नयाँ सडकस्थित कृषि विकास बैंकको कर्मचारी दीपिका रेग्मीसहित ८ जनाविरुद्ध सरकारी रकम दुरूपयोग गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगद्दारा आज जारी विज्ञप्तिमा बैकका कर्मचारी रेग्मी सहित प्रेमहरी ढुंगेल, गोपाल गिरी, महेश्वर मरहट्ठा, सलिल रेग्मी, तारानाथ पाण्डे, रमेशराज बिष्ट र प्रकाश घतानीसमेतले आसिी मिलेमतोमा नियोजित योजना सहित कृषि विकास बैंक, बैंकिङ मूख्य शाखा कार्यालय, न्यूरोडलाई गैरकानुनी रुपमा रु। करोड चौविस लाख १३ हजार छसय एघार रुपैयाँ नेपाल सरकारलाई हानिनोक्सानी गरेको पुष्टि भएसंगै निजहरुविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको जनाएको छ ।

त्यस्तै आज दायर मुद्धामा आयोगले रेग्मी र बैंकका तत्कालीन शाखा प्रबन्धक प्रेमहरि ढुङ्गेलविरुद्ध रु चार करोड २४ लाख १३ हजार ६११ बराबरको हानि–नोक्सानी गरेको अभियोगमा मुद्दा दायर गरेको छ भने बैंकका ऋण शाखा प्रमुख गोपाल गिरीविरुद्ध रु दुई करोड ६१ लाख १९ हजार ४१५, तत्कालीन ऋण अधिकृत सलिल रेग्मीविरुद्ध एक करोड १० लाख ३३ हजार १९६, ऋण शाखाप्रमुख महेश्वर मरहट्ठाविरुद्ध रु ७६ लाख २१ हजार, तारानाथ पाण्डेविरुद्ध रु ४ लाख, नेपाली सेनाका अवकाशप्राप्त सहायक रथी रमेशनाथ विष्टविरुद्ध रु चार करोड २४ लाख १३ हजार ६११, दुर्गा ज्वेलर्सका सञ्चालक प्रकाश घतानेविरुद्ध रु दुई करोड ६७ लाख ७५ हजार ४३५ बराबरको बिगो माग गर्दै मुद्दा दायर भएको जनाएको छ ।

यस्तै उद्योग दर्ता गर्न सहजीकरण गरिदिन्छु भनी निजले सेवाग्राहीसँग रु ७० हजार घुस लिने घरेलु तथा साना उद्योग कार्यालय सर्लाहीमा कार्यरत कम्प्युटर अपरेटर नवीनकुमार सिंह त्यस्तै सेवाग्राहीसँग मोटरसाइकलको कागजात मागी सवारीसाधन अनुमतिपत्रसमेत राखी कुनै पुर्जी नदिई रु २ हजार घुस लिने कारागार सुरक्षागार्ड कैलाली दरबन्दी भई महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत प्रहरी जवान लोकबहादुर खड्का र महालक्ष्मी नगरपालिका ललितपुरका लेखाअधिकृत शिवकुमार घिमिरे र लेखापाल कुवेर केसी विरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर भएकोे आयोग प्रवक्ता प्रदीपकुमार कोइरालालजारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।