शुक्रबार, बैशाख १४, २०८१

प्रम ओलीको स्वास्थ्यमा समस्या, उपचारका लागि ग्राण्डी अस्पतालमा भर्ना

काठमाडौ कार्तिक १३,  प्रधानमन्त्री केपी ओली आज आफ्नो नियमित  स्वास्थ्य परीक्षणका लागि अस्पताल भर्ना भएका छन् । प्रम ओलीको स्वास्थ्यमा मंगलवार वेलीकी देखि केहि समस्या देखिएसंगै उहाँलाइ उपचारको लागि आज विहान राजधानीको धापासीस्थित ग्राण्डी अस्पतालमा भर्ना गरिएको हो । यसअघि प्रधानमन्त्री ओली गत भदौमा सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा मिर्गाैलासम्बन्धी एण्टिबडीलाई शरीरबाट निष्काशन  उपचार विधि (प्लाज्मा फेरेसिस) बाट उपचार गरी स्वदेश फर्कनुभएको थियो ।

ग्राण्डीमा प्रधानमन्त्रीको स्वास्थ्य जाँच हुँदै गरेको बताउँदै अस्पताल श्रोतले जाँचको रिपोर्ट नआइकन प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे अहिले नै सबै कुरा भन्न नसकिने जनाएको छ । प्रधानमन्त्री ओलीको ११ वर्ष अगाडि २०६४ सालमा भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरे पश्चात उहाँले नियमित औषधि खाँदै आउँनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।