शुक्रबार, बैशाख १४, २०८१

५० हजार घुस रकम सहित अधिकृत अमात्य पक्राउ

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राडा रौनियारसहित २ जना विरुद्ध मुद्दा दायर

काठमाडौ साउन २० , अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रा डा राजकुमार रौनियारसहित २ जना विरुद्ध आइतवार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगद्दारा जारी विज्ञप्तिमा प्रतिष्ठानको होस्टल तथा फार्मेसी भवन निर्माणको ठेक्का लिएको श्यामसुन्दर निर्माण सेवाप्रालिसँग सव कन्ट्याक्टर गिना कन्स्ट्रक्सन कम्पनी प्रालिका प्रबन्ध निर्देशक सुशीलकुमार झासँग भवन निर्माणको रकमको भुक्तानी दिँदा घुस लिएको  उल्लेख   गरिएको छ । त्यस्तै विज्ञप्तिमा आयोगका अनुसार प्रा डा रौनियारले पटक–पटक गरी रु १ करोड २८ लाख घुस लिएको उल्लेख गरिएको छ ।

यसैवीच अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय हेटौडाका अधिकृतलाई पक्राउ गरेको छ । आयोगले अधिकृत चन्दनकुमार अमात्यलाई उद्योग दर्ता गर्न सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसंग ५० हजार रुपैयाँ घुस रकम लिदै गरेको अवस्थामा शुक्रवार पक्राउ गरेको अयोगले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।