शुक्रबार, बैशाख १४, २०८१

राष्ट्रपति भण्डारी आज चीनको नौं दिने राजकीय भ्रमणमा जाँदै

 काठमाडौं बैशाख ११ , चीनका राष्ट्रपति सी जिनपिङको निमन्त्रणमा राष्ट्रपति विद्यादेवी भण्डारीले आजदेखि चीनको नौं दिने राजकीय भ्रमण गर्दै छिन ।  परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले बेइजिङमा आयोजना हुने दोस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसनमा सहभागी हुँदै फोरमलाई सम्बोधन गर्ने कार्यक्रम समेत रहेको जनाएको छ ।

साथै भ्रमणको क्रममा उहाँले अन्तर्राष्ट्रिय वागवानी प्रदर्शनीको उद्घाटन समारोहमा सरिक हुनुको अलावा द्विपक्षीय वार्ता सहित दुबै देशबीच व्यापार तथा पारवहन सन्धिको प्रोटोकलमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको जनाएको छ ।

राष्ट्रपति भण्डारीका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ३ नं प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, सङ्घीय संसद्का सदस्य, नेपाल सरकारका उच्च अधिकारी, चीनका लागि नेपाली राजदूत, निजी क्षेत्रका प्रतिनिधि रहने छन् । राष्ट्रपति भण्डारी  वैशाख १९ गते बिहीबार स्वदेश फर्कने कार्यक्रम छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।