बुधबार, बैशाख २६, २०८१

वर्ष ०७५ को फागुपर्व शुभारम्भका लागि आज विधिवत वसन्तपुरमा चिर ठड्याइदै

काठमाडौं फागुन ३० , वसन्तपुर कुमारीघर परिसरमा भक्तपुरको बाँसघारीबाट ल्याइएको बाँस तथा गुहेश्वरीबाट ल्याइएको मयल रुखको हाँगालाई आज विशेष पूजा गरी विधिपूर्वक आज शुभसाइतमा बाजागाजासहित रंगीचंगी ध्वजा र पताकाले सिँगारिएर चिर ठड्याइएने तयारी भएको छ । आज    ११ बजेर ५५ मिनेटको साईतमा चिर ठड्याइएसँगै वर्ष ०७५ को फागुपर्व विधिवत सुरु भएको मानिन्नछ ।  चीर ठड्याइसकेपछि गुर्जुको पल्टनबाट हर्ष बढाई  समेत गर्ने परम्परा रहेको  छ ।   फागुन ६ गते काठमाडौँ उपत्यकालगायत पहाडी भेगमा होली खेलेर पर्व मनाइन्छ भने तराईका विभिन्न जिल्लामा भोलिपल्ट फागु पर्व  मनाइन्छ ।

धार्मिक आख्यान अनुसार हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई हत्या गर्ने उद्देश्यले होलिका आगोमा जाँदा होलिकाको दहन भई प्रह्लाद बाँचेको पौराणिक कथा सन्दर्भलाई लिएर होली मनाइने गरिन्छ । काठमाडौँ लगायतका पहाडी भेगमा फागु पूर्णिमाका दिन होली खेलिन्छ भने तराई क्षेत्रमा पूर्णिमाको भोलिपल्ट यो पर्व मनाइन्छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।