शुक्रबार, बैशाख १४, २०८१

धार्मिक सघर्षको वातावरणलाइ प्रशय दिने काम नर्गन महासचिव भण्डारीको चेतावनी

 छठ पर्वको अवसरमा दिइदै आएको सार्वजनिक विदा कटौती प्रति यत्रतत्र सर्वत्र आक्रोस 

 काठमाडौं कार्तिक २६ , कात्तिक शुक्ल चतुर्थी देखि विधिवत सुरु गरी चार दिनसम्म तराइ देखि राजधानीमा समेत हर्षोल्लासका साथ मनाइने छठ पर्वको अवसरमा दिइदै आएको सार्वजनिक विदा कटौती प्रति यत्र -तत्र-सर्वत्र आक्रोस देखिएको छ । नेकपाका अध्यक्ष समेत रहेका केपी ओली नेतृत्व सरकारको आलोचना  सहित ८४ प्रतिशत हिन्दू र ९४ प्रतिशत ओमकार परिवारको आस्थाको देश नेपाल भूमिमा मनाइने सूर्य उपासनको एक विशेष एवम् महत्वपूर्ण छठपर्व अन्र्तगत अस्ताउँदो सूर्यलाई अर्घ दिएर धुमधामका साथ मनाउँन सरकारले यसअघि प्रत्येक वर्ष सार्वजनिक विदा दिदै आएकोमा केपी ओली नेतृत्वको सरकार अस्तित्वमा आएसंगै मुलुकमा हिन्दु धर्मालम्वीहरुको अति महत्वका चाड तथा पर्वका बिदाहरु कटौती गरेको भन्दै सरकारको सर्वत्र कटु आलोचना गरिएको हो ।

यसैक्रममा विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रियकी महासचिव अस्मिता भण्डारीले आज एक विज्ञप्ति जारी गर्दै सरकारले निक्रिष्टतापूर्वक छठ ,घटस्थापना, रामनवमी, श्रीकृष्ण अष्टमी, जनैपूर्णिमा , ऋषिपञ्चमी जस्ता महत्वपूर्ण पर्वको क्रममा र दिदै आएको सार्वजनिक विदा कटौतीको सवालमा गरेको निर्णय तत्काल सच्याँउन माग गर्दै वैदिक सनातन धर्मका निर्देशनको अपब्याख्या र हिन्दू धर्मको अपहेलना नर्गन सरकारको ध्यानाकर्षण गराएको छ ।

हासचिव भण्डारीद्दारा जारी विज्ञप्तिमा नेपाल जस्तो देवभूमि, तपोभूमि, बुद्ध भूमिलाई धर्मनिरपेक्ष राष्ट्र बनाइदा समेत मौन रहेका आम नेपालीहरुको भावनामा   यो वा त्यो वहानामा एक पछि अर्को गर्दै सनातनदेखि चलिआएको हाम्रो सभ्यता संस्कृति र मौलिक पहिचान र गौरवमय परम्परा वोकेको जात्रा, पर्व , चाडमाथि धावा वोल्नु भनेको धार्मिक संघर्षको लागि मलजल गर्नु सिवाय अरु केहि नभएको जनाउ दिएको छ ।

त्यस्तै मुलुकमा धार्मिक सघर्षको वातावरणलाइ राज्यकै तर्फबाट प्रशय दिने काम भएको र यसलाइ अविलम्ब सम्बोधन गर्दै छठ लगायतका पर्वमा दिइदै आएको सार्वजनिक विदा  कार्यान्वयन गर्दै जनभावनाको मुल्य मान्यता तथा आस्थालाइ जिवन्त राख्न र सनातनकालदेखि चल्दै   पर्वको क्रममा दिइदै आएको विदा कटौतीको निर्णय कार्यान्वयन नर्गन सरकारको गम्भीर ध्यानाकर्षण सहित  सङ्कीर्णताको धरातल भन्दा माथि उठि राज्य राज्यका नागरिकको भावनाप्रति उत्तरदायि बन्न विज्ञप्ति मार्फत आग्रह गरिएको छ ।

साथै  एकातर्फ  छठपर्वको   सार्वजनिक विदा   कटौती गर्ने अर्कोतर्फ  त्यहि पर्वको  क्रममा  प्रधानमन्त्री   ओलीले सूर्यको उपासना गर्दै मनाइने ‘छठ पर्व’का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव, एकता र प्रगतिका लागि लागि भन्दै  शुभकामना व्यक्त  गर्नु आफैमा  समयानुकुल नभएको  जिकिर  समेत  गरिएको  छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।