आइतवार, बैशाख २३, २०८१

जनकपुरको प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा बलीपूजाका लागि दर्शनार्थीको भीड

धर्मेन्द्र कुमार यादव

  जनकपुर कार्तिक १,  बुधवार बडादशै अन्तर्गत महाअष्ठमीको अवसरमा जनकपुरधामको प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा प्रसाद चढाउन रातिदेखि नै हजारौँ श्रद्धालु लाममा रहेको हाम्रा जनकपुरस्थित प्रतिनिधीले जनाएका छन् ।

मन्दिरमा बुधबार साँझ ७ ४० बजेबाट सुरु गरिएको बोकाबली दिने कार्य बिहीबार बिहान ३ बजेर ३२ मिनेटसम्म जारी रहेको जनाउँदै यसक्रममा १४ हजार ९ सय ९७ वटा बोकाको बली दिईएको महाबीर युवा कमिटीले जनाएको छ । गत वर्ष राजदेवी मन्दिरमा १२ हजार ४ सय ४७ वटा बोकाको बलि दिईएको थियो ।

जनकपुरधामको गायत्री परिवार लगायतका अन्य संघसंस्थाले बोकाबलीको विरोध गर्दै आए पनि राजा जनकी कुलदेवी मानिएकी माता राजदेवीमा प्रत्येक वर्ष दशैँको महाअष्टमीका दिन हजारौँ बोका बलि दिँदै आएको छ । यसपटक पनि बलीका लागि राजदेवी मन्दिरमा ५ वटा अस्थायी ठेहा राखिएको थियो ।
वलीका लागि करिव सय जना युवाहरु परिचालित गरिएको थियो ।  कमिटीका अनुसार यसपाली १४ हजार ९ सय ९७ वटा बोकाको बली दिईएको थाहा भएको छ । गत वर्ष राजदेवी मन्दिरमा १२ हजार ४ सय ४७ वटा बोकाको बलि दिईएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।