आइतवार, बैशाख २३, २०८१

क्षेत्रीय समस्या समाधानका लागि आफु सदैव प्रतिवद्ध छु :सासंद श्रेष्ठ

 काठमाडौं असोज ३१ , समाज सेवाको क्षेत्रमा अग्रगणी भूमिका निर्वाह गर्दै आफ्नो वेग्लै पहिचान बनाउँदै आइरहेका कामपा वडा न ।१९स्थित मरूहिटी क्लबले मंगलवार आफ्नो स्थापना कालको ४९ औं वाषिक उत्सव एवम् विजया दशमीको शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ ।

काठमाडौं निर्वाचन क्षेत्र नं ८ बाट संघीय संसद सदस्य रहेका जीवन राम श्रेष्ठको प्रमुख आतिथ्यता एवम् प्रदेश न ३ का सासंद राजेश शाक्य र कामपा वडा न १९ का वडाध्यक्ष शशिलाल श्रेष्ठको विशेष आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमलाइ सम्बोध गर्दै सासंद श्रेष्ठले समाज सेवाको क्षेत्रमा क्लवको महत्वपूर्ण योगदान रहेको जनाउँ दिदै प्रस्तावित सम्पदा मार्गको अवधारणालाइ कार्यान्वयन गर्न गुरु योजना बन्दै गरेको बताउँनु भएको छ ।

त्यस्तै आफ्नो निर्वाचन क्षेत्रमा रहेको सम्पदाको संरक्षण लगायत सामाजीक विकासका लागि संसद कोषको परिचालन के कसरी गर्ने भन्ने सवालमा आपसी छलफल गर्ने आफ्नो योजना रहेको बताउँदै उहाँले क्षेत्रीय समस्या समाधानका लागि आफ् सदैव प्रतिवद्ध रहेको बताउँनु भएको छ ।

  प्रदेश सासंद राजेश शाक्य, वडा अध्यक्ष शशीलाल श्रेष्ठ लगायतले शुभकामना अभिव्यक्ति दिनु भएको उक्त कार्यक्रममा बसन्तपुर दरबार क्षेत्र संरक्षण कार्यक्रमका प्रमुख उदय पसखल , क्लबका सल्लाहकार, क्लवका पदाधिकारी ,सदस्य लगायत टोलबासीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा  क्लव अध्यक्ष मणिश्रीरत्न बज्राचार्यले आगामी वर्ष क्लवले स्थापना कालको स्वर्ण जयन्ती मनाउँने तयारी भइरहेकोले आवश्यक सहयोग सुझाव र  सहयोगको लागि आग्रह गर्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।