आइतवार, बैशाख २३, २०८१

रजस्वलाको पाप मोचनका लागि आज सप्तऋषिको पूजा सहित ऋषिपञ्चमी मनाइदै

नारीहरू रजस्वला हुँदा जानेर वा नजानीकनै गरिएका जति पनि पापहरू छन् त्यसबाट मुक्ति पाउनका लागि ऋषिपञ्चमी व्रत गर्ने गरेको धर्मभिरुहरुले बताएका छन ।

काठमाडौं भाद्र २९ , आज नेपाली महिलाहरूको महान चाड हरितालिका तीज अन्र्तगत ऋषिपञ्चमी पर्व मनाउँदै छन । हिन्दू संस्कारअनुसार ऋषिपञ्चमीको महत्वलाइ हेर्ने हो भने नारीहरू रजस्वला हुँदा जानेर वा नजानीकनै गरिएका जति पनि पापहरू छन् त्यसबाट मुक्ति पाउनका लागि ऋषिपञ्चमी व्रत गर्ने गरेको धर्मभिरुहरुले बताएका छन । आजको दिन राजधानीको कामपा वडा न १२ टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा विशेष मेला लाग्ने गर्दछ । त्यस्तै ऋषिपञ्चमी व्रतमा महिलाहरूले नदी, ताल, तलाउ, पोखरीमा दतिवनले दात माँझेर, चोखो माटो, तिल र गोबर लगाई स्नान गर्ने र चोखो वस्त्र पहिरेर मध्याह्नमा अरून्धतीसहित सप्तऋषिको षोडशोपचार विधिले पूजा गरी ब्राह्मणलाई दानदक्षिणा दिने प्रचलन रहिआएको छ ।

क नुहाउनु पर्छ र यसको पनि थुप्रै विधिहरू छन। तर मूलतः ३६५ वटा दतिवनका डाँठ टोकेर खोलामा बगाउनु, माटो र गोबरले शरीरका सबै अंगहरू सुद्ध गर्नु, (चाल्नीमा गनौती गनिएका तिलचामल र जौ) राखेर माथिबाट पानी खन्याई छानिएको पानीले नुहाउनु र सप्तऋषीको पूजा गरेपछि महिलाहरू पूर्णरूपमा सुद्ध हुन्छन् भन्ने विश्वास गरिन्छ । वास्तवमा भन्ने हो भने तीज आफैंमा एक सुन्दर पर्व हो र यसलाई व्रतमा परिणत भएको भए पनि फलफूल ग्रहण गरेर दिनभरि बस्नमा पनि वैज्ञानिक हिसाबले हेर्दा फलदायक नै देखिन्छ। नारीहरूले रातो टीका रातो कपडा, रातो चुरा, पोते आदि सबै रातै रंगमा सजिनु तीज पर्वको रंग हो।

नारीहरू त्यस दिन नाचगान गर्दै हर्षोल्लासका साथ दिनभरि भोकै बसी श्रीमानको दिर्घायुको कामना गर्नु नै विशेष यस तीज पर्वको सन्देश मानिन्छ। त्यस्तै आजको दिन ऋषिपञ्चमीको अवसरमा भक्तपुरको गुप्तेश्वर महादेवको मन्दिरमा पनि भव्य मेला लागेको छ । भक्तपुरको बालकोट, सिरुटार र ललितपुरको टीकाथली गाविस–६ मा रहेको उक्त मन्दिरमा ऋषिपञ्चमीको अवसरमा पूजा गर्ने महिलाहरुको बिहानैदेखि घुइँचो लागेको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।