सोमवार, बैशाख २४, २०८१

निर्देशक समितिको बैठक: महाभूकम्पबाट क्षतिग्रस्त निजी आवास पुनःनिर्माणको जिम्मा अव स्थानीय तहलाई

 काठमाडौ भाद्र २१,  प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा आज बसेको राष्ट्रिय पुनः निर्माण प्राधिकरण   निर्देशक समितिको बैठकले गत २०७२ बैशाख १२को महाभूकम्पबाट क्षति पुगेका निजी आवास पुनःनिर्माणको कामको जिम्मा स्थानीय तहलाई दिने निर्णय गरेको छ ।
त्यस्तै बैठकले स्थानीय तहका जनप्रतिनिधिको बहाली भइसकेको सन्दर्भमा पुनःनिर्माणको कामलाई स्थानीय तहबाटै अघि बढाउने निर्णय भएको जानकारी दिदै प्राधिकरण प्रमुख सुशील ज्ञवालीले कार्यसम्पादकोे प्रमाणीकरण र निरीक्षण भने प्राधिकरणकै जिल्ला तहका कार्यालयबाट हुने जानारी दिनु भएको छ ।
त्यस्तै बैठकले चालु आवभित्रै सबै लाभग्राहीलाई तेस्रो किस्तासम्मको सबै रकम उपलब्ध गराउने निर्णय सहित भूकम्पपीडितलाई रु तीन लाखको सहुलियत ऋणको प्रक्रिया पनि अर्थमन्त्रालयले अघि बढाएको र छिट्टै मन्त्रिपरिषद्बाट पारित भएपछि लागू गरिने जनाएको छ ।

त्यसैगरी, बैठकले प्राधिकरणअन्तर्गत पुनःनिर्माणसम्बन्धी सबै कार्यलाई प्राधिकरण मातहत ल्याउने निर्णय पनि गरेको छ । पुरातत्वबाहेक पुनःनिर्माणका सबै प्राधिकरणअन्तर्गत ल्याएर सोहीअनुसार काम अघि बढाउने र यसअघि भएको निर्देशक समितिको बैठकको निर्णयलाई पनि कार्यान्वयन गर्ने निर्णय गरेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।