आइतवार, बैशाख २३, २०८१

आज गाइजात्रा पर्व, उपत्यका सहित मुलुकका मुख्य मुख्य सहरमा मनाइँदै

काठमाडौं भाद्र ११ ,  आज मृतआत्माको चिरशान्तिको कामना सहित स्वर्ग जानू भन्ने उद्देश्यले प्रत्येक वर्ष साउन शुक्ल प्रतिपदाका दिन मनाईने गाईजात्रा पर्व । यो पर्व आज काठमाडौँ उपत्यका लगायत बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे, त्रिशूली बजार, तानसेन, दोलखा, खोटाङ, रामेछाप, भोजपुरलगायत स्थानमा उपत्यकाका तीन वटै सहरसहित मुलुकका मुख्य मुख्य सहरमा मनाइँदैछ । यो पर्वमा विशेषत एक वर्षअघिदेखि मृत्यु भएका आफन्तको सम्झनामा गाई सिँगारी सहर घुमाएर यो पर्व मनाउने गरिन्छ । गाईलाई घुमाउने क्रममा श्रद्धालु भक्तजनले दूध, फलफूल, रोटी, दहीचिउराका साथै अन्य परिकार पनि खुवाउँछन ।

गाइजात्राको सम्बन्धमा प्रचलित इतिहास अनुसार तत्कालीन मल्ल राजा प्रताप मल्लका पुत्रको अल्पायुमै निधन भएपछि रानीले धेरै बिलौना गर्न थालिन् । लामो समयसम्म शोक गरेर बसेपछि ‘यस्तो शोक तिमीलाई मात्र परेको होइन’ भन्ने देखाउन राजाले वर्ष दिनभित्र दिवङ्गत सबैको गाईजात्रा निकाल्न लगाए । सबैका घरबाट गाईभेषधारी आएकाले सबै मानिसको मृत्यु हुने देखेपछि मात्र रानीको शोक केही घट्दै गयो भन्ने

जनविश्वास रहनुको अलावा त्यस वेला देखिनै यो पर्वले निरन्तरता पाएको अभिमत पाइन्छ । त्यस्तै रानीलाई देखाउन त्यतिबेला राजदरबार रहेको हनुमानढोका अगाडिबाट गाईभेषधारी लैजान सुरु गरिएकाले अहिले पनि हनुमानढोका दरबार अगाडिबाटै गाईजात्रा सुरु गरिने चलन छ । कतिपयले भने आफ्ना मृतकजनको स्मृतिमा रामायणको करुण रसका गीतसमेत गाउँछन् ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।