आइतवार, बैशाख २३, २०८१

यस्तो छ भक्तपुरमा प्रदर्शन गरिने गाइजात्राको रौनक

काठमाडौं भाद्र ११ ,   आफन्तको दिवङ्गत आत्माले शान्ति पाउँन र धार्मिक दस्तावेजमा व्याख्या भएजस्तै गाईको पुच्छर समातेर वैतर्णी तर्दै स्वर्ग जानू भन्ने उद्देश्यले प्रत्येक वर्ष श्रावण शुक्ल प्रतिपदाका दिन मनाईने गाईजात्रा पर्वको रौनक भक्तपुरमा बेग्लै किसिमको रहेको छ । गाईजात्रा पर्वको क्रममा त्यस क्षेत्रमा प्रदर्शन गरिने ताहामचा होस वा  घिनीताङग घिनीताङग घिन्ताङग किसित्वाङ यसले वोकेको मौलिकता र मार्मिकताले सवैको ध्यानाकर्षन गरेको सहजै बोध गर्न सकिन्छ ।

anup_20150830_13

हुनत मृत आत्माको मोक्षका लागि निकालिने गाइजात्रा पर्वले भाव विवहल पक्षलाइ सम्बोधन गरेको भए पनि यसवीचमा भक्तपुरमा प्रदर्शन गरिने जात्रामा समावेस गरिएको व्यङगात्मक पक्षका कारण जात्रामा थप रौनकता थपिएको हो । जात्राको क्रममा त्यहाँका विभिन्न घर तथा टोलबाट निकालिएको जात्रा क्रमस दरबार स्क्वायर, बालाखु गणेश, चोछेँ, भोलाछेँ, महालक्ष्मी, नागपोखरी, क्वाठण्डौँ,नवदुर्गास्थान, सूर्यमढी, दत्तात्रय, सुकुलढोका, गोलमढी, तौमढी, वंशगोपाल, इताछेँ र खौमाको परिक्रमा गराउने गरिन्छ ।anup_20150830_7

त्यस्तै सात दिन सम्म मनाइने प्रस्तुत जात्राको पहिलो दिनको जात्रा समापनका क्रममा साँझ परालबाट बनेको ताहमाचा र त्यससँगै भैरव नाचसमेत निकालिने प्रचलन छ ।anup_20150830_3  तौमढीस्थित भैरव मन्दिरबाट निकालिएको ताहमाचा, यसपछि सोही टोलभित्रभरिबाट निकालिएको अन्य ताहमाचा र सबभन्दा पछि नकिङजु अजिमाको ताहमाचा निकाली वंशगोपाल हुँदै विभिन्न ठाउँमा परिक्रमा गरी दरबार स्क्वायर पुगेर समापन गरिने प्रचलन रहेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।