शनिबार, बैशाख २२, २०८१

घोषित महासमिति बैठकको मिति ३ महिनापछि सार्नु असक्षम नेतृत्वको प्रमाण : नेता सिंह

काठमाडौं भाद्र १०,   नेपाली कांग्रेसका पूवै महामन्त्री वहालवाला केन्द्रीय सदस्य प्रकाशमान सिंहले शनिवार पार्टीकेन्द्रीय समितिको बैठकबाट महासमितिको बैठक पूर्वघोषित मितिभन्दा तीन महिनापछि सार्ने निर्णय आफैमा गलत भएको जनाउ दिनु भएको छ ।

आज विहान कामपा वडा न १५ स्थित शोभा भगवतीमा स्वर्गीय मंगलादेबी सिंहको २२ औं स्मृति दिवसको अवसमा आयोजित माल्यार्पण कार्यक्रममा बोल्दै उहाँले यस्तो अभिव्यक्ति दिनु भएको हो ।

साथै नेता सिंहले भाद्रमा महासमिति बैठक गराउने घोषणा गरेका सभापति शेरबहादुर देउवाले अहिले यो वा त्यो वहानामा ३ महिनापछि सार्नु असक्षम नेतृत्वको प्रमाण भएको जिकिर गर्दै नेतृत्वकै कमजोरीका कारण आज काँग्रेसले यावत वेतिथीको सामना गर्नु परेको बताए । साथै महासमिति बैठकको मिति सार्ने बहुमतको निर्णयलाई भने आफूहरुले स्वीकारेको बताए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।