बिहिबार, बैशाख २०, २०८१

पुष्पलालको ४०औँ स्मृतिसभालाइ सम्बोधन गर्दै प्रम ओली र अध्यक्ष प्रचण्डले के भने ?

 काँग्रेसले हामीलाई लोकतन्त्रको पाठ सिकाउन खोज्नु आफैमा आश्चर्यको विषय : प्रम ओली
काँग्रेस डा केसीलाई मारेर लाशको राजनीति गर्ने शोचबाट प्रेरित:  प्रचण्ड

काठमाडौ साउन ७,   नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४०औँ स्मृति दिवसका अवसरमा आज राजधानीमा आयोजित स्मृतिसभालाइ सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीले निर्वाचन जितेर आएको कम्युनिष्टको सरकारलाई अधिनायकवादी भन्नु तर्कसंगत अभिव्यक्ति नभएको बताउनुभएको छ ।  त्यस्तै उहाँले सरकारको बढ्दो लोप्रियताका कारण प्रतिक्रियावादी शक्तिहरू तिलमिलाएको जनाउ दिदै काँग्रेसमा लोकतान्त्रिक प्रतिपक्षको छवि नभएका भन्दै मुलुकमा लोकतन्त्र ल्याउन कम्युनिष्टहरूले भोगेको जेलनेलको इतिहासको सामु काँग्रेसले हामीलाई लोकतन्त्रको पाठ सिकाउन खोज्नु आफैमा आश्चर्यको विषय भएको बताउँनु भएको छ ।

त्यस्तै सोहि कार्यक्रममा नेकपाका अध्यक्ष प्रचण्डले नेपाली काँग्रेस निर्वाचनमा भोगेको लज्जास्पद पराजय पछि जनता माझ जाने कुनै वाटो नपाएर डा गोविन्द केसीको पुच्छर बनेको बताउँनु भएको छ ।

त्यस्तै काँग्रेसले यहि हरकत अव काँग्रेसको अस्तित्व समाप्तिको मार्गमा पुग्ने बताउँनु भएको छ । साथै उहाँले काँग्रेस यो वा त्यो वहानामा डा केसीलाई मारेर लाशको राजनीति गर्ने शोचबाट प्रेरित भएको भन्दैं अध्यक्ष प्रचण्डले डा केसीको अनशनका नाममा काँग्रेस लोकतान्त्रिक गण्तन्त्र मास्ने दिशातर्फ अग्रसर भएको आशंका पैदा भएको बताउँनु भएको छ । यदि त्यसो होइन भने दुइतिहाइ बहुमत भएको संसद्लाई निर्णय गर्न नदिएर केसीले जे भन्छन् त्यही गर्नुपर्छ भनेर काँग्रेस सभापति शेरबहादुर देउवाले भन्नु आफैमा सरकार विरुद्ध खेलिदै गरेको षडयन्त्रको सूचक भएको बताउँनु भएको छ ।

Publish on: Jul 23, 2018 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु