बिहिबार, बैशाख २०, २०८१

यस्तो छ गायक विनोदको एकल महिलाको कथामा आधारित गीत ‘पार्वती’

काठमाडौं ७ साउन,   पछ्यौरीको फेरोले आँसु पुछ पार्वती सिंगो जीवन बाँकी छ हाँस्न सिक पार्वती कवि तीर्थ श्रेष्ठको शब्दलाई समेटेर गायक विनोद बानियाले नयाँ गीत बजारमा ल्याएका छन् । एकल महिला माथि तयार पारिएको यो गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
एकल महिलालाई प्रोत्साहन तथा सम्मान बढाउने गरी बजारमा आएको भिडियो यतिबेला चर्चामा छ । हालैसालै सार्वजनिक यो गीतमा आसुँमा डुब्ने र एक्लो महसुस गर्ने होइन, हाँस्न र बाँच्नका लागि संसार ठूलो छ भन्ने भाव व्यक्त गरिएको छ ।

हरि लम्सालको संगीत रहेको यो भिडियो यतिबेला युट्युबमा समेत मन पराइएको छ । यो गीतको भिडियो रचना गर्भले बोलेजस्तै गरी बनाइएको छ । गायक बानियाले जनजिब्रोमा झन्डिने गरी गीत गाएका छन् । केही समयपछि नयाँ भिडियोसहितको गीत सार्वजनिक गरेका गायक बानिया गीत स्तरीय बनेको बताउँछन् । ‘यो एकल माहिलामाथि लेखिएको गीत हो,’ गायक बानियाले भने, ‘सबै एकल आमा र एकल महिलाहरुको समर्पणमा यो गीत तयार पारिएको हो ।’ भिडियो हेरेर भावुक भएको धेरैले प्रतिक्रिया दिएका छन् ।   एक पटक खुसी खोसिएपछि दुखी भइरहनु पर्दैन र फेरि खुसी आउन सक्छ भन्ने भावमा गीत बनेको बताउँदै कवि तीर्थले भने, ‘गायक बानियाले गीतलाई न्याय गरेका छन् । भिडियो पनि एकल महिलाको संवेदनालाई न्याय गर्दै बनेको छ ।’ यो गीत लमजुङको भुजुङ गाउँमा देखिएको दृश्यले जन्माएको कवि श्रेष्ठले बताए ।

  कहिले देशभक्ति, खेलकुद, रोमान्टिक त कहिले प्रेम रसका गीत पस्कीरहने बानियाले यसपटक पनि उस्तै फरक र मौलिक स्वादको गीत पस्किएका छन् ।  दुई दशकदेखि संगीत कर्म गरिरहेका गायक बानियाले चर्चामा रहेको ‘म त बलेनीमा’ गीतपछि यो गीत बजारमा ल्याएका हुन् । यसअघि उनको मान्छे, डाउड, प्रोफाइल एल्बम बजारमा आइसकेका छन् ।   एसियन म्युजिकको प्रस्तुति र विभोर पोखरेलले निर्देशन गरेको भिडियोमा विकास लामिछाने, सिर्जना जिसी, अनील लामिछानेले अभिनय गरेका छन् ।

 

 

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु