बिहिबार, बैशाख २०, २०८१

धार्मिक दृष्टिले पवित्र महिना साउन: हरियो साडी चुरा र मेहेन्दीको वेजोड सङगम

  काठमाडौ साउन ७ , धार्मिक दृष्टिले साउन आफैमा पवित्र महिना मानिन्छ। त्यसमा पनि साउनको सोमबारको छुट्टै महत्व छ। सदियौ देखिनै नेपाली महिलाहरुले साउन महिनाको सोमबारलाई विषेश रुपमा ग्रहण गर्दै हरियो साडी चुरा र मेहेन्दी लगाएर साउने सोमबार मनाउने प्रचलन आफैमा मनमोहक रहेको छ ।

त्यस्तै धार्मिक दस्तावेजमा वर्णित अख्यान हेर्ने हो भने पनि पार्वतीले भगवान शिवलाई पाउनका लागि ब्रत बसेको र ब्रतकै कारण पार्वतीले शिवजी पाएको धार्मिक विश्वासमा विवाहित महिलाहरुले श्रीमानको भलाइको कामना र त्यस्तै गरि अविवाहितहरुले सुयोग्य वरको मनोकांक्षा सहित साउने सोमवारको ब्रत बस्ने गरेको उल्लेख भएको  पाइन्छ  ।  साउन महिनाको सोमबारका दिन हरियो वस्त्र धारण गरि नजिकको नदीबाट जल बोकेर शिवलिङ्गमा चढाउँदा शिवजी खुसी हुने धर्मिक मान्यता रहेको पाइन्छ ।

 त्यस्तै सोमबारी ब्रतको नामले चिनिएको साउन महिनामा भगवान् शिवको मात्र नभएर कृष्ण र राधाको प्रेमको वर्णन समेत विभिन्न धार्मक ग्रन्थमा गरिएको छ । भगवान् कृष्ण र राधाको प्रेमालापमा साउन महिनाको विशिष्ठ महत्व छ । भगवान् कृष्णले राधालाई कदमको रुखको हाङ्गामा डोरी बाँधेर झुलाउने गर्नुहुन्थ्यो भनी उल्लेख गरिएको छ । त्यसकारण राधाकृष्ण मन्दिरमा झुला लगाई राधाकृष्णको मूर्तिराखी झुलाउने गरेको हामी देख्न सक्छौ भने यो महिनामा मैथिली महिलाहरुले विशेष गरि यो महिनामा आफ्नो पतिको दीर्घायुका लागि मधुश्रावनी पर्व मनाउने गर्छन् ।

नव विवाहित महिलाले १५  दिनसम्म निरन्तर पूजापाठ गर्दै मनाउने यो पर्वको महत्व अझ पृथक रहेको सम्वद्ध व्यक्तिहरुको अभिमत पाइन्छ । यद्यपी बर्षा, प्रेम र झरीको सँगम रहनेसाउनमहिना अन्र्तगत  हिन्दू नारीको  सवालमा धार्मिक आख्यानमा जे जस्तो भाव व्यक्त गरिए पनि    सौभाग्य एवम् संस्कृतिको लागि मात्र होइन, फेसनको प्रारुपमा भए पनि यो महिनामा हरिया भेषभूषामा सजिएका हरियो चुरा र मेहेन्दी लगाएका महिलाहरु शिव मन्दिरहरु मात्र नभएर शहरबजारमा समेत देख्न पाइन्छ ।   अझ कलेजमा पढ्ने छात्राहरुले समेत हातभरि मेहेन्दी र नाडीभरि हरियो र पहेलो रङगको चुरा लगाउने गरेको पक्षलाई हेर्ने हो भने  यो पक्ष फेसनको रुपमा बढ्दै गएको र फेसनकै कारणबाट भए पनि चाडवाड सङग जोडिएको हाम्रो संस्कृतिको जर्गेनाका लागि केहि सहजता भएको बोध गर्न सकिन्छ ।

Published on: Jul 23

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु