बिहिबार, बैशाख २०, २०८१

सरकारले प्रतिपक्षसँगको दूरी बढाउँन खोज्यो : नेता प्रधान

 काठमाडौं असार २३,    काँग्रेस नेता भीमसेनदास प्रधानले सरकारले प्रतिपक्षसँगको दूरी बनाउँन खोजेको बताएका छन । शनिबार तार्केश्वर नगरपालिका–९ का जनतासँग भेटघाट गर्दै पूर्व रक्षामन्त्रीसमेत रहेका कांग्रेस नेता प्रधानले अहिलेको सरकार प्रतिपक्षलाई विश्वासमा लिएर भन्दा दूरी बढाएर जान उद्यत रहेको बताए ।

‘सरकार प्रतिपक्षलाई सिवश्वासमा लिएर भन्दा दूरी बढाएर जान खोजिरहेको छ, यसले मुलुकलाई झनै अन्योलता तिर लैजान्छ,’ प्रधानले भने ।
सरकारले मिलेर भन्दा दमन गरेर अघि बढ्ने रणनीति बनाएको समेत उनले आरोप लगाए ।   ‘सरकारले सबैलाई मिलाएर लैजानुपर्छ, पूर्वाग्रही बनेर गए त्यसले द्वन्द्व निम्त्याउँछ, सरकारको रणनीति नै दमन गरेर अघि बढ्ने जस्तो देखिन्छ ।’ प्रधानले थपे ।

लोकतन्त्र बलियो भए मात्र सरकार बलियो हुने भएकोले व्यक्तिगत स्वार्थ त्यागेर लोकतान्त्रिक व्यवस्थालाई बलियो बनाउँन सबै एक हुनु पर्नेमा उनले जोड दिए । यस्तै सत्याग्रहमा रहेका गंगामाया अधिकारी र डा गोविन्द केसीको जीवनरक्षा गर्न समेत उनले सरकारलाई आग्रह गरे ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।