बिहिबार, बैशाख २०, २०८१

पूर्वराजा ज्ञानेन्द्रले आज नेपालगञ्जमा आफ्नो ७२ औ शुभजन्मोत्सव मनाउँदै

काठमाडौं असार २३,   पूर्व राजा ज्ञानेन्द्र शाहले आज आफ्नो ७२ औ शुभजन्मोत्सव मनाउँदै हनुहन्छ । मुलुकमा ०६५ ज्येष्ठ १५ गते संविधानसभाबाट गणतन्त्र घोषणा भएपछि सोही महिनाको २९ गते नारायणहिटी राजदरबारबाट वाहिरिएका पूर्व   राजा शाहले यसपटक आफ्नो जन्म दिन राजधानीमा नभएर नेपालगञ्जमा मनाउँने लक्ष्य सहित गत असार २० गते सपरिवार नेपालगञ्ज पुग्नु भएको हो ।  नेपालगञ्ज स्थित हाम्रा सहकर्मीका अनुसार नेपालगञ्जमा रहनु भएका  पूर्व राजाको जन्मदिन मनाउँनका लागि भब्य तयारी भइरहेको जनाएको छ ।

साताव्यापीरुपमा पूर्वराजा को शुभ जन्मोत्सव मनाउँन पूर्वराजसभा स्थायी समितिका सदस्य यज्ञप्रसाद आचार्यको अध्यक्षतामा गठित शुभ जन्मोत्सव नागरिक मुल समाहरो समिति मार्फत पनि विभिन्न कार्यक्रम भइरहेको जानकारी दिदै शनिवार एक भव्य र सव्य कार्यक्रमकावीच जन्मोत्सव कार्यक्रमको आयोजना हने बताईएको छ ।

 यसैवीच लोकतन्त्रका नाममा लुटतन्त्र देशमा मच्चिदै जाँदा पूर्वराजाप्रति जनताको झुकाव हवात्तै बढेको जानकारहरुको दावी रहेको छ । नेपालको सार्वभौमसत्तालाई सुदृढ राख्न, राष्ट्रियता, राजतन्त्र र प्रजातन्त्रका बीचमा समन्वय र संतुलन राखेर यहाँका सांस्कृतिक तथा प्राकृतिक सम्पदाहरुको संरक्षण र सम्वर्धन गर्न पनि राजतन्त्रको आवश्यकता रहेको सर्वत्र महसुस गरिएको छ ।  त्यसो त ०६२–०६३ को  म्याण्डेट राजसंस्था र हिन्दू राष्ट्र फ्याँक्ने थिएन । होइन जनता प्रतिका गद्धारी सावित  भएको  छ।

यद्यपी पछिल्लो समयमा मुलकका केहि नेताहरुले नेपालमा राजसंस्था आवश्यक छ, तर कस्तो प्रकारको राजसंस्था त्यो नेपाली जनताको चाहनामा निर्भर गर्छ भन्ने सवालमा अपौचारिक  वा अनौपचारिक अभिव्यक्ति यदाकदा नदिएको होइन तर यो अभिव्यक्ति सार्थक बन्न नसक्दा केहि समस्या सिर्जना भएको मात्र हो । गल्ती भए सच्चिने मौका जो कसैलाई पनि दिनुपर्छ । गल्ती जहाँबाट भएको हो त्यहीबाट सुधार हुनुपर्छ नेपालमा लोकतन्त्र सहित पनि राजसंस्था रहनसक्छन् ,त्यस्ता मुलुकहरु विश्वमानमानचित्रमा रहेको यर्थातलाइ कदापि विर्सनु हुन्न । नेपाल रहे नेपाली रहन्छ यदि नेपालनै नरहे ………

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।