बिहिबार, बैशाख २०, २०८१

अपराध नियन्त्रणमा सामूहिक प्रयासको खाँचो : प्रहरी महानिरीक्षक खनाल

 आगामी भाद्र १ देखि मुलुकमा मुलुकी अपराध (संहिता) कडाइका साथ कार्यान्वयन गरिने

काठमाडौ असार २३,  आगामी भाद्र १ देखि मुलुकमा लागु हने मुलुकी अपराध (संहिता) मानव अधिकार र अन्तर्राष्ट्रिय मानवीय कानूनको विश्वव्यापी मान्यतालाई आत्मसात् गर्दे ऐन कडाइका साथ लागू गरिने भएको छ ।  प्रदेश नं ३ का अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलको दुई दिने  सम्मेलनमा अपराध अनुसन्धान विभागका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक धीरु बस्न्यातले कुनै पनि घटनाको समाधानका लागि अनुसन्धानकर्ता प्रहरी, अभियोजनकर्ता सरकारी वकीलबीच समन्वयको आवश्यकता औल्याउँदै यसको लागि सम्मेलनद्दारा अनुमोदित १८ बुँदे प्रस्ताव प्रभावकारी सावित हुने बताउँनु भएको छ ।

यस्तै सम्मेलनले नयाँ संहितालाई प्रभावकारी कार्यान्वयन गर्न संघीय तहदेखि तल्लो तहसम्म सहजीकरण इकाइ स्थापना गर्नुपर्ने निस्कर्षको पहिचान गर्दै अनुसन्धानको क्रममा सरोकारवाला निकायबाट आवश्यक ‘कल डिटेल’ लगायतका सूचना  अनुसन्धान अधिकारीले अदालतको अनुमति लिनुपर्ने प्रावधानलाई सहज गर्न माग गरेको छ ।

यसैवीच प्रदेश नं ३ का अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलको दुई दिने सम्मेलनको समापनको क्रममा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सम्मेलनले फौजदारी न्याय प्रशासनको क्षेत्रमा सहयोग अपेक्षा सहित अपराध नियन्त्रणमा सामूहिक प्रयासको खाँचो रहेको बताउँनु भएको छ ।  कार्यक्रममा सहन्यायाधीवक्ता लोकराज पराजुली, प्रदेश नं ३ का प्रहरी नायब महानिरीक्षक दीपक थापा, जिल्ला वकील कार्यालय उपत्यका प्रतिनिधिहरुको उपस्थिती रहेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु