बिहिबार, बैशाख २०, २०८१

७२ औं जन्मदिनको अवसरमा पूर्व राजा शाहद्दारा शक्तिपीठको पूजाअर्चना

 राजनीतिको चक्रव्यूहमा राजसंस्था नामक पुस्तकको लोकार्पण

काठमाडौं असार २३,  पूर्व राजा ज्ञानेन्द्र शाहले आफ्नो ७२ औं जन्मदिन आज नेपालगञ्जस्थित सोल्टी होटलमा मनाउनु भएको छ । जन्मदिन मनाउन सपरिवार पूर्व राजा ज्ञानेन्द्र बिहिवार नेपालगन्ज पुग्नुभएको थियो । जन्मदिन मनाउँने क्रममा उहाँले नेपालगञ्जस्थित शक्तिपीठ बागेश्वरी मन्दिर जानु भई पूजाअर्चना समेत गर्नु भएको थियो ।

त्यस्तै पूर्वराजा शाहको जन्मदिन पारेर विश्व हिन्दू महासंघकी महासचिव एवम् नेपाली सञ्चरजगतका हस्ती अस्मिता भण्डारीद्वारा सम्पादित राजनीतिको चक्रव्यूहमा राजसंस्था नामक पुस्तक लोकार्पण गरिएको छ । लोकार्पित पुस्तक पूर्वराजा शाहको ७२औँ जन्मदिनको अवसरमा महासचिव भण्डारीले उहाको जुनाफमा प्रस्तुत  गर्नुभएपछि पुस्तकको लोकार्पण पूर्वराजा शाह स्वयंले गर्नुभएको थियो ।

४ खण्डमा प्रकाशित  पुस्तकको क्रमस खण्ड मा राजसंस्था सम्बन्धी लेख र विश्लेषण खण्ड मा राजा ज्ञानेद्र राजसंस्था खण्ड मा राजसंस्था सम्बन्धी समाचारहरु र खण्ड मा तस्वीहरुको संग्रह रहेको छ।  त्यस्तै पुस्तकमा वरिष्ठ पत्रकार युवराज घिमिरे पि खरेल , देव प्रकाश त्रिपाठी ,युवराज गौतम, कम्युनिष्ट नेता प्रदिप नेपाल, एनपी उपाध्याय, लि सिग्वाङ वेइिजिङ, कुमार रेग्मी ,धुव्रहरि अधिकारी, पिपि प्रधान,भैरव रिसाल,प्राडा शास्त्रदत्त पन्त, भरतकेशर सिंह, डा जगमान गुरुङ, डा केवी रोकाया, जयन्त चन्द, प्राडा सुरेन्द्र केसी , विनोद ढकाल टिका धमला, डा प्रमसि।ह बस्न्यात, प्रकाश कोइराला,दीर्घराज प्रशाइ,दिनबन्धु अर्याल, रामवावु प्रशाइ,डा.दुर्गा पोखरेल लगायतले लेख्नु भएको रचनाहरु रहेका छन । प्रकाशित पुस्तक लोकापर्णपछि पूर्वराजाले पुस्तकमा भएका सामाग्रीहरुको प्रशंसा गर्नुभएको सम्पादक भण्डारीसंगको टेलिफोन सम्पर्कमा जानकारी प्राप्त भएको   छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।