सोमवार, बैशाख २४, २०८१

शिव निर्माण सेवाको तालाबन्दी खुल्यो

काठमाडौं असार २८,  युवा सघ झापाले गुणस्तरहिन निर्माण सामाग्री उत्पादन गरेको भन्दै कन्काइ नगरपालिकामा १ मा सन्चालनमा रहेको शिव निर्माण सेवामा गत असार २२गते गरेको तालाबन्दी आजबाट खुलेको छ ।   युवासंघद्दारा जारी विज्ञप्तिमा झापाका विभिन्न सडक निमार्णमा कालोपत्रे गर्ने क्रममा अलकत्रा गाुण्स्तरहीन भएका कारण सडक उक्किन थालेपछि उद्योगमा तालाबन्दी गर्न बाध्य भएकोजनाईएको छ ।

अन्तत उद्योगमा लगाएको ताला जिल्ला प्रशासन झापा र जिल्ला समन्वय समिती झापाको रोहवरमा भएको बार्तापछि गरिएको सहमति बमोजिम झापाका लक्ष्मीपुर सडक ,जयपुर सडक,धरमपुर सडक र कन्काइ सडक गरि ४ स्थानमा गरिएको कालोपत्रेको नमुना ,परिक्षणका लागि सडक डिभिजन कार्यालय इटहरी र काठमाडौ पठाएको झापा अध्यक्ष शम्भु भण्डारी द्दारा जारी प्रेश विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै विज्ञप्तिमा घटनाको सत्य तत्य छानविन गरि गलत पाइए कडा भन्दा कडा कानुनी कारर्वाही निम्ती सम्वन्धित निकायलाई माग गर्दै सघले उद्योगमा गरेको तालाबन्दी खोलिएको आम जनसमुदायमा जानकारी गराउँछौ भनिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।