सोमवार, बैशाख २४, २०८१

यस कारण हुँदैछ सिङगो स्वास्थ्य मन्त्रालय छिछि र दुरदुर गर्ने संस्थाको प्रारुपमा रुपान्तरित

  • रेणुले जे–जे भन्छिन, उपेन्द्रले त्यही–त्यही गर्ने गरेको फोरम नेपालका कार्यकतावृतमा चर्चा

काठमाडौं असार २२ , नेकपा अध्यक्ष केपी ओली नेतृत्व सरकारमा यो वा त्यो विषयमा वारगेनिङ गर्दैै उपप्रधान तथा स्वास्थ्य मन्त्रीको जिम्मेवारीमा पुगेका उपेन्द्र यादवले देखाउँदै रवैया चलखेलका स्त्रीलम्पट प्रवृतिका कारण आम जनमानसमा अहिले ओली सरकारमात्र नभएर सिङगो स्वास्थ्य मन्त्रालय छिछि र दुरदुर गर्ने संस्थाको प्रारुपमा रुपान्तरित हुँदै गएको समाचार प्राप्त भएकोे छ ।

‘सुरुमा नेकपा मार्क्सवादीका कार्यकर्ताको रुपमा मुलुको राजनितीवृतमा रुमलिने क्रममा पछि माले र मार्क्सवादीबीच भएको एकतापछि अस्तित्वमा आएको तत्कालीन एमालेको तर्फबाट ०४८ को संसदीय निर्वाचनमा सुनसरीमा एमालेको उम्मेदवार बन्दै गर्दा काँग्रेसका उम्मेदवार विजय गच्छेदारसँग पराजित भएका उपेन्द्र यादवले पछिल्लो समय तत्कालीन मधेशसम्बन्धी एमालेको नीतिप्रति फरक मत राख्दै २०५४ सालमा  स्थापना गरेको मधेश जनअधिकार फोरममार्फत  क्षेत्रीय राजनिती गर्दै समयको घटनाक्रमसंगै सोही संस्थालाइ  पार्टीगत रुपमा रुपान्तर गर्दै मधेसी जनअधिकार फोरमको अध्यक्ष बनेका हुन ।

 पछिल्लो पटक गत जेठ १८ गते विस्तारित ओली सरकारमा उपप्रधान तथा स्वास्थ्य तथा जनसख्या मन्त्रीकोरुपमा पदासिन भएका उपेन्द्र यादवले मन्त्रालयको जिम्मेवारी सम्हालेको एक सय दिन पनि नपुग्दै तमाम नेपालीको स्वास्थ्यसंग प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्य मन्त्रालय आजका दिनमा यादव अखडा र मस्ती केन्द्रमा हुँदै गएकोे रुपान्तरित प्रारुपलाइ नगिचबाट हेर्दै आएका जो कोहिले पनि अनुहार खुम्च्याउँनु परेको बताईएको छ ।  त्यस्तै  समाचार स्रोतका अनुसार अहिले स्वास्थ्य मन्त्रालयमा जाने जो कोही सेवाग्राहीले मन्त्री यादवको  तैँ चुप मैँ चुप प्रवृतीका कारण मन्त्रालमा मौलाउँदै गरेको  रेणु यादव, मन्त्रीका स्वकीय सचिवको रुपमा रहेका जितेन्द्र यादव र   अन्जना शाहको बढ्दो रजगजका कारण   एकातर्फ  मन्त्रालयको शाख गिर्दो अवस्थामा र रहेको अर्कोतर्फ मन्त्री भेट्न मन्त्रालय पुग्ने आम सेवाग्रही  घण्टौसम्मको  समय  कुर्न बाध्य  हुने गरेको बताईएको छ  ।

त्यस्तै स्रोतका अनुुसार कुनैपनि समय मन्त्री च्याम्बरमा विना रोकटोक प्रवेस पाउँदै आएका यि  व्यक्तिहरुको रजगज देखेर मन्त्रालयका उपल्लो दर्जाका कर्मचारी समेत वाक्कदिक्क हुँदै कुनै विशेष काम वा गोप्य फाइलको सवालमा मन्त्रीसंग परामर्स गर्न जाँदा समेत  मन्त्री च्याम्बरमा  मन्त्री यादवका अति  निकटका   व्यक्तिको   उपस्थितीका कारण कार्य सम्पादन समेत गर्न नसकिररहेको गुनासो गदै पहिले यहि मन्त्रालय हो,  जहाँ गगन थापा मन्त्री हुनुहन्थ्यो कति शान सौकत संग कार्यसम्पादन हुन्थ्यो अहिले त खै के कुरा गर्ने मन्त्रीको चालामाला हेर्दा त आफु स्वास्थ्य मन्त्रालयको कर्मचारी भन्न समेत अप्ठायारो पर्ने गरेको बताए ।

त्यसो त घटनाक्रमको मेलोमेसो हेर्ने हो भने यसअघिपनि हाल उपप्रधान तथा स्वास्थ्य मन्त्रीको जिम्मेवारीमा रहनु भएका उपेन्द्र यादवको  अति निकट मानिएका  व्यक्ति  रेणु यादवको मन्त्रालयमा बढ्दो   रजगजलाइ ‘रेणुले जे–जे भन्छिन, उपेन्द्रले त्यही–त्यही गर्ने गरेको फोरम नेपालका कार्यकतावृतमा चर्चा यसअघि पनि नचलेको होइन । त्यहि कारण उपेन्द्र यादवबाट भरतबिमल यादव, अर्ज’न थापा लगायतका नेताहरु टाढिदै गएको दावी ति कार्यकर्ताहरुको रहेको  छ । साथै पछिल्लो  मन्त्रालयमा  अन्जना शाहको पनि त्यतिकै हालीमुहाली बढ्दै गएको बताइन्छ । स्मरण रहोस , अन्जना शाह बैदेशिक रोजगारी अन्र्तगत पोर्चुगल लगायतका मुलुकमा काम गर्ने पठाउँने काम गर्दै आएकी म्यान पावर संस्थासंग आवद्ध व्यक्ति हुन । यसअघि उनले पोर्चुगल पठाएका नेपालीहरु विचल्लीमा परेको समाचार समेत सार्वजनिक भएको अवस्था छ ।

यहाँ सम्मकी मन्त्री यादवले शाहले भनेको कुनै पनि कुरा काट्नै सक्दैन र त्यसैको  भरपुर फाइदा शाहले उठाउँदै आएको र यसलाइ मलजल गर्ने काम मन्त्रीका स्वकीय सचिवको रुपमा रहेको जितेन्द्र यादवले गर्दै आएको स्रोतको दावी रहेको छ ।

त्यस्तै  मन्त्री यादवलाइ गुमराहमा राख्दै   यसवीचमा कतिपय विवादास्पद फाइल समेत सदर गराउँदै आर्थिक ब्रम्लुट गर्ने काम मन्त्रालयमा भएको  त्यस्तै  औषधी व्यवसायी जगतका टाइकुनसंग स्वकीय सचिव यादवले चोचोमोचो सहित वारगेनिङग गर्दै मन्त्रालयलाइ कमाउ धन्दाको अखडा बनाउँदै आएको भएपनि   मन्त्रीले यसको भेउ पाउँन नसकेको  दावी गरेका छन ।  यसरी  मजफोका समानुपातिक सांसद रेणु यादव , अन्जना शाह , जितेन्द्र यादव लगायतको बढ्दो रजगजका कारण आज समग्रमा  स्वास्थ्य मन्त्रलाय कमाउ धन्दा   र मस्ती केन्द्रमा रुपान्तर हुदै गएको  बताईएको छ । स्मरण रहोस, मन्त्रालयमा  अहिले राज्यमन्त्री पद्मा अर्याल त्यस्तै स्वास्थ्य सचिव डा पुष्पा चौधरी रहनुभएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।