बुधबार, बैशाख २६, २०८१

तेस्रो स्थानको लागि आज बेल्जियम र इङ्ल्यान्डवीच भिडन्त हुने

 काठमाडौ असार ३० रुसमा जारी विश्वकप फुटबल अन्र्तगत आज तेस्रो स्थानको लागि बेल्जियम र इङ्ल्यान्डवीचको खेल हुने भएको छ ।  नेपाली समयअनुसार साँझ पौने ८ बजे सेन्टर पिटर्सबर्ग रंगशालामा दुई टोलीबीच हुने प्रतिस्पर्धाबाट तेस्रो स्थानको लागि विजेताको छनौट गरिने भएको छ ।

मंगलबार भएको खेलमा बेल्जियम फ्रान्ससँग र बुधबार भएको खेलमा क्रोएसियासँग पराजित भएपछि इङ्ल्यान्ड र बेल्जियमवीच आज तेस्रो स्थानको लागि आजको खेल हुन लागेको हो ।

विश्वकपको उपाधिका लागि भने आइतबार फ्रान्स र क्रोएसियासंग भिड्ने भएको छ ।