शुक्रबार, बैशाख १४, २०८१

काँग्रेसद्वारा सार्वजनिक महत्वको प्रस्ताव दर्ता

 काठमाडौ साउन १३,   प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले मेडिकल व्यवसायी दुर्गाप्रसाद प्रसाईंले बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गरी फर्किएका र अध्ययनरत नेपाली छात्राका सम्बन्धमा अपमानपूर्ण अभिव्यक्ति दिएको भन्दै कारवाहीका लागि संघीय संसद् सचिवालयमा काँग्रेसका सांसद डिला संग्रौला (प्रस्तावक) तथा लक्ष्मी परियार र प्रमिला राई (समर्थक) जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छ ।

आज दर्ता गरिएको सार्वजनिक महत्वको प्रस्तावमा मुलत झापास्थित बीएण्डसी मेडिकल कलेजका कार्यकारी निर्देशक समेत रहेका प्रसाईंले बंगलादेशमा अध्ययनरत नेपाली छात्राका बारेमा दिएको अभिव्यक्तिले संविधान र कानूनको उल्लंघन हुनुको अलावा मित्रराष्ट्र बंगलादेशसँगको सम्बन्धमा समेत आँच पुगेको र नेपाली छात्राको इज्जत, मान र प्रतिष्ठामा समेत धावा बोल्ने काम भएको भन्दै तत्काल कानुनी कारवाहीका लागि उक्त प्रस्ताव दर्ता गराईएको बुझिएको छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।