सोमवार, बैशाख २४, २०८१

ललितपुरको देउराली भन्ज्याङ्गमा शहिद पार्क निर्माण हुने

काठमाडौं बैशाख २६  गोदावरी क्षेत्रलाई पर्यावरणीय पर्यटक क्षेत्रको रुपमा बिकाश गर्न युवा जागरण पर्यावरणीय मन्च र फुल्चोकी एकीकृत बिकाश कार्यक्रमले विभिन्न पर्यटन पूर्वाधार निर्माण गर्दै आइरहेको बारेमा सबैलाई अवगत नै रहेको छ । 

गोदावरी नगरपालिका वडा.न.२ र महालक्ष्मी नगरपालिका वडा.न. ९ र १० भित्र पर्ने करिब १ १\२ हेक्टर जग्गामा शहिद पार्क निर्माण गर्ने सम्बन्धमा बृहत कार्य-योजना DPR समेत तयार गरी बातावरणीय प्रभाब मुल्यांकन तयार गरी प्रतिबेदन स्वीकृत गराउने सम्बन्धमा सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र बन तथा भू: संरक्षण मन्त्रालयबाट EIA सम्बन्धी क्षेत्र निर्धारण प्रतिबेदन तथा कार्यसूची TOR प्रतिबेदन सुझाब सहित स्वीकृतका लागि जनसंख्या तथा बाताबरण मन्त्रालयमा पत्राचार भइ जनसंख्या तथा बाताबरण मन्त्रालयबाट प्रस्तावित आयोजनाको क्षेत्र निर्धारण कार्यसूचीमा उल्लेखित सास्कृतिक संग्रालय, केबुलकार, शहिद पार्क, भ्यु टावर, होटल तथा रिसोर्ट, बुद्ध स्तुपा, गुम्बा, प्याराग्याइडिङ्ग र साइकलिङ्ग ट्रैक तथा रोड निर्माणजस्ता आयोजनाको क्षेत्र निर्धारण गर्न सम्बन्धित कार्यालयलाई जानकारी गराइएपछि सबै आयोजनाको कार्य क्षेत्र निर्धारण भइ सकेको छ ।

गोदावरी नगरपालिका वडा.न.२ र महालक्ष्मी नगरपालिका वडा.न. ९ र १० भित्र पर्ने पूर्व माथिल्लो पात्लेको सिमाना, पश्चिममा पात्लेछाप बाट गोदावरी आउने सडक बाटो, उत्तर कोट गाउ जाने बाटो, दछिण चापाखर्क जाने बाटो यति चार किल्ला भित्र पर्ने करिब १ १\२ हेक्टरमा शहिद पार्क निर्माण हुने भएको छ ।  बिशंखु इलाका बन कार्यालयका प्रतिनिधि, सिस्नेरी इलाका बन कार्यालयका प्रतिनिधि, सामुदायीक बन उपभोक्ता समितिका प्रतिनिधि, फुल्चोकी एकीकृत बिकाश कार्यक्रमका प्रतिनिधि, युवा जागरण पर्यावरणीय मन्च अध्यक्ष, हलेसी इञ्जिनियरिङ्गका प्रतिनिधि समेतको निरिक्षणबाट नापजाच गरी क्षेत्र निर्धारण गरेको समेत यहाहरुलाई अवगत गरिन्छ ।  माथि उल्लेखित सबै कार्यक्रमहरुलाई नेपाल सरकारबाट रास्ट्रिय गौरबको आयोजनाको रुपमा लिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।