सोमवार, बैशाख २४, २०८१

प्रतिनिधि सभाको बैठक: राष्ट्रिय चिकित्सा शिक्षा लगायत विभिन्न अध्यादेश स्वीकृत

भारतीय प्रम  मोदी नेपाल भ्रमणबारे  पराष्ट्रमन्त्री मन्त्री  ज्ञवालीद्दारा  सदनलाई जानकारी

काठमाडौ बैशाख २६,  प्रतिनिधि सभाको आज बसेको बैठकमा गृहमन्त्री रामबहादुर थापाका तर्फबाट कानून, न्याय, तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले प्रस्तुत गर्नु भएको राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश, २०७५’ लाई बहुमतले स्वीकृत ग-यो ।  त्यस्तै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गरिराजमणि पोखरेल र कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले प्रस्तुत गर्नु भएको अर्को ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७५’ र ‘बेपत्ता पारिएको व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ((पहिलो संशोधन) अध्यादेश २०७५’ र ‘संघीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव र राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी अध्यादेश २०७५’ समेत बहुमतले स्वीकृत गरेको छ । प्रतिनिधिसभाको बैठक भोलि बिहीबार ११ बजे बस्नेछ ।

यसैवीच आजको बैठकमा पराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री केपी ओलीको मैत्रीपूर्ण निमन्त्रणमा उहाँका समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यही वैशाख २८ र २९ गते गर्न लाग्नुभएको नेपालको राजकीय भ्रमणका बारेमा सदनलाई जानकारी दिनु भएको छ ।  भ्रमणको जानकारी दिने क्रममा उहाँले वैशाख २८ गते राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनसित भारतीय प्रधानमन्त्री मोदीको शिष्टाचार भेटवार्ता गर्नु हुने

सोही दिन प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच पनि भेटवार्ता हुने कार्यक्रम रहेको परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिनुभएको छ ।  मन्त्री ज्ञवालीका अनुसार भारतीय प्रम मोदीले भ्रमणको क्रममा जनकपुर र मुक्तिनाथको भ्रमण गर्नुहुने तथा भारतीय प्रधानमन्त्रीलाई काठमाडौँ र जनकपुरमा नागरिक अभिनन्दनसमेत गरिने कार्यक्रम रहेको जानकारी दिनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।